शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल « Khabarhub

शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन् ।

प्रदेश सरकारले निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीलाई साधन स्रोतले सुसज्जित गरिने बताए ।

प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त बनाउन भवन, सवारीसाधनलगायत साधन स्रोत र पर्याप्त जनशक्ति उपलब्धि गराइने उनको भनाइ थियो । उनले प्रहरी प्रदेश सरकार मातहत नआएका कारण लगानी गर्न धेरै समस्या परेको जानकारी दिए । “हामीले धेरै नै मेहनत गरेर प्रहरी चौकी भवन बनाएका छौँ”, उनले भने ।

मन्त्रालयका अनुसार पहिलो चरणमा मकवानपुरमा सात, काभ्रेपलाञ्चोक र सिन्धुलीमा छ–छ, चितवन र रामेछापमा पाँच–पाँच, रसुवा र दोलखामा गरी चार र धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा तीन–तीन वटा भवन निर्माण भइरहेका छन् ।

प्रहरी भवन निर्माणका लागि सबैभन्दा बढी मकवानपुर जिल्लामा रु १८ करोड २१ लाख ९६ हजार छुट्टाइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : १६ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन