गण्डकी प्रदेश सभाको विशेष अधिवेशन १३ बैशाखमा | Khabarhub Khabarhub

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन १३ बैशाखमा


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन १३ वैशाखका लागि आह्‍वान गरिएको छ । संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरेअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन् ।

वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले बैठकबाट अविश्वास प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस भएसँगै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।

प्रस्तावित मुख्‍यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । उनी कांग्रेसबाट निर्वाचित नवलपुरबाट विजयी सांसद हुन् । पोख्रेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ ।

हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना छन् । गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : २० बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्