गर्मीसँगै सर्पदंश उच्च « Khabarhub

गर्मीसँगै सर्पदंश उच्च



झापा – पूर्वी तराईमा गर्मीयाम शुरुभएसँगै सर्प डसाइको समस्या पनि बढेको छ । सर्पले डस्ने क्रम बढे पनि विभिन्न अस्पताल तथा उपचार केन्द्रहरुमा पछिल्ला समय सर्प डसाइबाट उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको हो ।

झापाको दमकमा नेपाल रेडक्रस सोसाईटी उपशाखाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा गर्मी बढेपछि दैनिक ६/७ जना सर्प डसाइको उपचारका लागि आउने गरेका छन् ।

सर्प डसाइका बिरामीलाई लक्षित गरी दमक र चारआलीमा सञ्चालित सर्प डसाइ उपचार केन्द्रमा केही दिन यता बिरामीको संख्या बढ्न थालेको उपचार केन्द्रका अधिकारीहरुले जनाएका छन् ।

रेडक्रस उपशाखाले करिब दुई दशकदेखि दमकमा सर्प डसाइ उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्रले बर्सेनी १२ सयका हाराहारीमा सर्प डसाइको उपचार गर्दै आएको उपचार केन्द्रका इन्चार्ज देवीप्रसाद भण्डारीले जानकारी दिए । अहिले गर्मी र बर्षायामको शुरुवात तिर केन्द्रमा दैनिक ६/७ जना बिरामी आउने गरेको उनको भनाई छ ।

सजग रहन सुझाव
विज्ञहरुका अनुसार चैत, वैशाखदेखि जाडोयाम नसकिदाँसम्म दैनिक जसो सर्प डसाइका बिरामी उपचार गर्न आउने गर्छन् । दिनमा भन्दा साँझपख सर्प बढी सक्रिय रहने हुदाँ त्यसबेला सर्प डसाइका घटना अधिक हुने उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

सर्प गर्मी छल्न तथा खानाका लागि जमिनबाट बाहिर निस्कने हुदाँ त्यसबेला मानिसलाई डस्ने गरेको छ । त्यसैले साँझ बिहान विशेष सतर्क रहनु पर्दछ । भण्डारीका अनुसार प्रकाश कम भएको स्थानमा काम गर्नेहरुले बढी सतर्क रहन आवश्यक छ । यस्तै सर्पको जोखिम भएको स्थानमा काम गर्नेले लामो जुत्ता तथा बुट लगाउनु पर्ने, शरीर ढाक्ने कपडा लाउने र हातमा समेत पञ्जा लगाएर जोखिम कर्म गर्न सकिन्छ ।

भारतीयलाई पनि सेवा
झापामा तीनवटा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् । यी उपचार केन्द्रमा सिमावर्ती भारतबाट समेत सर्प डसाइको उपचारका लागि आउने गरेका छन् ।

दमकस्थित उपचार केन्द्रका भण्डारीका अनुसार भारतका बिहार तथा बंगालबाट पनि उपचार गराउन आउने गरेका छन् । यस्तै दमकको उपचार केन्द्रमा जिल्लासहित उत्तरी, पूर्वी मोरङ र इलामका दक्षिणी भेगका बासिन्दाले पनि उपचार सेवा लिने गरेका छन् ।

२०६१ सालदेखि चारआलीस्थित नेपाली सेनाको गणमा पनि सर्प डसाइ उपचार केन्द्र सञ्चालनमा छ भने जिल्लाको मध्यभाग कन्काई नगरपालिका ४ कोटिहोममा पनि कन्काई सहारा सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ९ : ३० बजे

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौं– प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन्

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको

नेटोसँग ट्रम्प असन्तुष्टि

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका क्रममा उत्तर

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र