मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ | Khabarhub Khabarhub

मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले मोटरसाइकल चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ तारकेश्‍वर नगरपालिका वडा नं. ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकलसहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ४ स्थायी घर भई तारकेश्‍वर नगरपालिका वडा नं. ९ बस्ने २० वर्षीय नमराज अधिकारी र २२ वर्षीय रामचन्द्र अधिकारी तथा नुवाकोटकै तादी गाउँपालिका वडा नं. ३ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं. ९ बस्ने बर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

तारकेश्वर नगरपालिका १० नं. वडा कार्यालय शुभकामना चोकस्थित सडक खण्डमा वास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिडेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको भट्टराइले जानकारी दिए ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी.सी. को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागी महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी विशेष कारबाही अभियान महाशाखाले चलाएको छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ७ : ३४ बजे

नारायण चौरमा प्रहरी-राजावादी धकेलाधकेल, लिङ्देन भन्छन्- बल प्रयोग गरे प्रतिकार हुन्छ

काठमाडौं- राजावादीहरूले जेठ १५ गतेदेखि थालेको आन्दोलन जारी छ ।

हार्वर्डमा पढेकी चिनियाँ राष्ट्रपतिकी छोरीलाई अमेरिकाबाट देश निकाला गर्नुपर्ने माग चर्किँदै

काठमाडौं- अमेरिकामा चिनियाँ राष्ट्रपति सी जिन्पिङकी छोरी सी मिङजीलाई देश

रूसी कम्युनिष्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं–  नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन

प्राङ्गारिक मल उत्पादन गर्दा डढेलो नियन्त्रणमा सहयोग

घोराही– यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा

जर्मनीको अस्पतालमा आगलागी हुँदा तीनको मृत्यु

बर्लिन– जर्मनीको ह्याम्बर्गस्थित एक अस्पतालको जेरियाट्रिक वार्डको एउटा कोठामा शनिबार