बालिका खड्का प्रकरण : एमाले पार्टी कार्यालयमा भएको घटनाप्रति मुख्यमन्त्री राई पत्नीको आक्रोश « Khabarhub

बालिका खड्का प्रकरण : एमाले पार्टी कार्यालयमा भएको घटनाप्रति मुख्यमन्त्री राई पत्नीको आक्रोश


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो श्रीमानको सुनियोजित चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।

बिहीबार नेकपा एमालेको पार्टी कार्यालयमा भएको घटनाप्रति लक्षित गर्दै शेर्पाले आफ्नो श्रीमानको बारम्बार सुनियोजित रुपमा चरित्र हत्या गर्न खोजिए अब चुप लागेर नबस्ने बताएकी हुन् ।

नेकपा स्थापना दिवसको अवसर पारेर थापाथलीस्थित नयाँ पार्टी मुख्यालयको भवनमा पुगेका मुख्यमन्त्री राईमाथि बालिका खड्काले आक्रमणको प्रयास गरेकी थिइन्।

मुख्यमन्त्री राई मुख्यालयको भित्री गेटमा पुग्दा आफ्नो इज्जत लुटेको भन्दै बालिकाले आक्रमणको प्रयास गरिन् । तथानाम बोल्दै गाली गलोज गर्न थालेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

सोही घटनालाई लिएर जाङ्मुले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामै स्टाटस लेख्दै आफ्नो श्रीमान् निर्दोष भएको हुँदा अनर्गल प्रचारविरुद्ध भ्रमित नहुन समेत सबैमा आग्रह गरेकी छिन् ।

उनले आफ्नो श्रीमान दोषी भए आँफै पनि कारबाहीमा उत्रिने बताउँदै लेखेकी छिन, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ।’

उनले आफ्ना पतिको राजनीतिकक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लो दर्जाका फोहोरी मान्छेहरुसँग के प्रतिबाद गर्ने भनेर श्रीमान चुप लागेर बसेको बताउँदै आफू अब चुप लागेर नबस्ने बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘अब चुप लागेर बस्नु हुँदैन, कानुनी, प्रशासनिक लगायतका बाटाहरुको अवलम्बन गर्नुपर्छ ।’

उनले फेसबुकमा यस्तो लेखेकी छिन्

https://www.facebook.com/jangmu.e.sherpa/posts/4022220984502183

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : १२ बजे

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,