भारतको अन्तरिक्ष यान सेप्टेम्बर ६ मा चन्द्रमा पुग्ने « Khabarhub

भारतको अन्तरिक्ष यान सेप्टेम्बर ६ मा चन्द्रमा पुग्ने


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत –  भारतले आगामी सेप्टेम्बरमा चन्द्रमामा आफ्नो अन्तरिक्ष अभियान अवतरण गर्ने भएको छ । भारतको अन्तरिक्षसम्बन्धी अनुसन्धान संगठन इस्रोले जनाएअनुसार आगामी जुलाईमा अन्तरिक्षतर्फ प्रक्षेपण गरिने चन्द्रयान–२ नामक अन्तरिक्ष अभियान अन्तर्गतको रोबरले सेप्टेम्बर महिनामा चन्द्रमाको सतहमा अवतरण गर्नेछ ।

यससँगै भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौथो मुलुक बन्नेछ । यसअघि रुस, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्ना अभियानको सफल अवतरण गरेका थिए । हालै इजरायलले चन्द्रमामा पु¥याएको अभियानको अवतरण प्रयास असफल भएको थियो ।

चन्द्रयान–२ लाई यसअघि अप्रिल महिनामा चन्द्रमातर्फ प्रक्षेपण गर्ने भनिएको थियो । यद्यपि प्राविधिक गडबडीका कारण त्यसलाई पछि सारेर आगामी जुलाईको ९ तारिख देखि १६ तारिखभित्र श्रीहरिकोटामा रहेको सतिश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिने इस्रोले जनाएको छ । यससँगै यानमा राखिएको प्रोब सेप्टेम्बर महिनाको ६ मा चन्द्रमाको सतहमा अवतरण हुनेछ ।

चन्द्रमाको सतहमा अवतरण हुने भारतीय प्रोबले यसअघि अनुसन्धान नगरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेर अनुसन्धान गर्ने इस्रोले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा १ अर्ब वर्ष पुराना चट्टानहरु रहेको र ती चट्टानलाई आणविक उर्जाको श्रोतको रुपमा प्रयोग गर्न सकिनेबारे अध्ययन केन्द्रित हुने जनाइएको छ ।

भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ नामक आफ्नो पहिलो चन्द्र अभियान प्रक्षेपण गरेको थियो । चन्द्रमाको परिक्रमा गरी अनुसन्धान गर्नेगरी प्रक्षेपण गरिएको उक्त अभियानसँग ग्राउण्ड स्टेशनको सम्पर्क ३ सय १२ दिन पछि टुटेको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : १० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती