विराटनगरमा पनि निषेधाज्ञा जारी « Khabarhub

विराटनगरमा पनि निषेधाज्ञा जारी


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको विराटनगर महानगरपालिकामा एक साता निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो । उनका अनुसार निषेधाज्ञाको अवधि एक साताको हुनेछ ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको उनले बताए । अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको उनले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय झापाले पनि निषेधाज्ञा जारी गरेको छ । आइतबार रातिबाट लागु हुनेगरी एकसातासम्म निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार बिहानबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : ५८ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार