हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगायो « Khabarhub

हङकङले नेपालसँगको हवाइ उडानमा प्रतिबन्ध लगायो


१८ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हङकङले शनिबारदेखि लागू हुने गरि नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै उक्त रोक लगाएको जनाइएको छ ।

चिनियाँ संचारमाध्यम सिन्ह्वाद्वारा प्रेषित विवरणमा अर्को सूचना जारी नभइञ्जेलसम्म काठमाडौँबाट हुने उडानमा अनिश्चितकालको लागि रोक लगाइएको उल्लेख छ ।

हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकको रुपमा समेत उल्लेख गरेको छ । हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानलाई समेत प्रतिबन्ध लगाइसकेको छ । यी तीन मुलुकको प्रतिबन्ध पनि अनिश्चितकालको लागि रहने जनाइएको छ ।

यसअघि हङकङ पुगेका १३ जना नेपालीमा भाइरस पजेटिभ देखिएपछि उसले केही समयका लागि नेपालमाथिको उडान प्रतिबन्ध लगाएको थियो । हङकङमा शनिबार पनि स्थानीय संक्रमण शुन्य देखिएको छ भने आयातित संक्रमण ८ भेटिएको उल्लेख छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ०० बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण