विपक्षी गठबन्धनको विरोधका बीच मुख्यन्त्री कार्यालयमै पोखरेलको शपथग्रहण | Khabarhub Khabarhub

विपक्षी गठबन्धनको विरोधका बीच मुख्यन्त्री कार्यालयमै पोखरेलको शपथग्रहण


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– विपक्षी दलको विरोधकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा शपथग्रहण गराइएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादव शपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकैबीच शपथग्रहण भएको हो ।

पोखरेलले आइतवार बिहान राजीनामा दिई, बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाएका थिए । सोही बमोजिम प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४० जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : ४५ बजे

वीरेन्द्रनगरका १४ वडामा ३५५ सीसीटिभी क्यामेरा जडान गरिँदै

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा ३५५ वटा सीसीटिभी क्यामेरा जडान

ऐतिहासिक सौग हिटी: सफाइ (तस्बिरहरू)

काठमाडौं– १६औँ शताब्दीको ऐतिहासिक सौग हिटीलाई संरक्षण गर्ने उद्देश्यले बिहीबार मंगलबजारमा सफाइ

वामदेवले संगठन विभाग मागेपछि एकीकृत समाजवादीमा बखेडा

काठमाडौं– नेकपा (एमाले) छाडेको चार वर्षपछि गत साउन २ गते

सबै नेपालीले खुसीका साथ खीर खान पाउने वातावरण बनाउन लागौँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीले खुसीका साथ

‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम सुरु (तस्बिरहरू)

काठमाडौं– विद्यालय स्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले