ममता बनर्जीले लिइन् मुख्यमन्त्रीको शपथ « Khabarhub

ममता बनर्जीले लिइन् मुख्यमन्त्रीको शपथ


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलकाता(पीटीआई)– भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल कङ्ग्रेसकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी छन् ।

उनी लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री भएकी हुन् ।

मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने बताइन्। बनर्जी पश्चिम बंगालको एक्काइसौं मुख्यमन्त्री हुन् ।

मुख्यमन्त्रीको हेस्टिङ्स कार्यालयमा शपथ ग्रहण कार्यक्रम चलिरहँदा बाहिर सडकमा मुख्य विपक्षी भारतीय जनता पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले आफ्ना दर्जनौं कार्यकर्ताको मुख्यमन्त्री बनर्जीको पार्टीका समर्थकले हत्या गरेको आरोप लगाएका थिए ।

तथापि, शपथ कार्यक्रममा भाजपाका अध्यक्ष जेपी नड्डा र राज्यका पार्टी प्रमुख दिलीप घोष सहभागी भएका थिए ।

मुख्यमन्त्री बनर्जीले कोभिड–१९ संक्रमणलाई नियन्त्रणमा ल्याउन आफूले उच्च प्राथमिकता दिने बताइन् । साथै उनले राज्यमा शान्ति र अमनचयन कायम गर्न सबै पक्षसँग आग्रह पनि गरिन् ।

पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा निर्वाचनमा बनर्जीको त्रिणमुल कङ्ग्रेसले प्रचण्ड बहुमत हासिल गरेको थियो भने भारतीय जनता पार्टीले दोस्रो स्थान हासिल गरेको थियो ।

तर, नन्दीग्रामबाट चुनाव लडेकी बनर्जी भने भाजपाका उम्मेदवार शुभेन्दु अधिकारीसँग पराजित भएकी थिइन् ।

पार्टीले बहुमत हासिल गरेपछि तेस्रो पटक मुख्यमन्त्री बनेकी  बनर्जीले संविधान बमोजिम छ महिनाभित्र विधानसभाको सदस्य हुनु पर्नेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  ५ : ५५ बजे

रास्वपाको लक्ष्य वैकल्पिक शक्ति मात्र होइन, मुलुकको नेतृत्व हो : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा

एसीसी महिला प्रिमियर कपमा नेपाल हङकङसँग ६९ रनले पराजित

काठमाडौं- एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा

परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

 काठमाडौं – भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय

भारतीय पर्यटकमा ‘सिभिक सेन्स’ अभाव : सार्वजनिक स्थानमा ‘असभ्य व्यवहार’ले उठ्दैछ प्रश्न

काठमाडौं– नेपालमा सबैभन्दा धेरै भारतीय पर्यटक आउछन् । छिमेकी देश,

रास्वपामा नातावाद र कृपावादलाई स्थान छैन : महामन्त्री बुर्लाकोटी

काठमाडौं – प्रथम राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को