प्रतिनिधिसभाका चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

प्रतिनिधिसभाका चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको छ । बुधबार सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षणका लागि लिएको स्वाव परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

कोरोना पुष्टि हुनेमा जनता समाजवादी पार्टी (जसपा)का सा‌सदहरू लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी सांसद पार्वती डिसी चौधरी छन् ।

बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

२७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १ : ०९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित