एक गर्भ र अर्को गर्भबीचको अन्तर किन आवश्यक छ ? « Khabarhub

एक गर्भ र अर्को गर्भबीचको अन्तर किन आवश्यक छ ?


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जसरी खेतमा बीउ नजिक र धेरै छर्‍यो भने सप्रँदैन त्यस्तै बच्चाहरु पनि नजिक र धेरै भए राम्रोसँग हुर्कन पाउँदैनन् । छिटो–छिटो वा धेरै बच्चा जन्मेमा निम्न असर पर्नसक्छ ।

—     नजिक–नजिक गर्भ भएमा बच्चाले आमाको दूध धेरै खान पाउँदैन र पोषणस्थिति राम्रो हुँदैन । त्यस्तै, घरमा उपलब्ध, सीमित खाना धेरै बच्चाहरुमा बाँड्नु परेमा बच्चाहरु राम्ररी हुर्कन पाउँदैनन् ।

धेरै बच्चा जन्माएमा वा छिटोछिटो बच्चा पाएमा आमाको स्वास्थ्यमा निम्न प्रकारका नराम्रा असर पर्नसक्छन्—

१) मातृ मृत्युदर बढी हुन्छ। चाडो वा बढी बच्चा जन्माइसकेका गर्भवती महिलाहरुको मातृ मृत्युदर सरदरभन्दा पचास प्रतिशत बढी भएको पाइएको छ ।

२)  जन्मनासाथ वा एक महिनाभित्रमा वा एक वर्षभित्र मर्ने बच्चाहरुको अनुपात धेरै हुन्छ ।

३)  धेरै बच्चाहरु भएमा झाडापखाला, सरुवा रोग र कुपोषण हुने बढी सम्भावना हुन्छ ।

४)  गर्भको बेलामा गर्भसम्बन्धी विभिन्न रोगहरु लाग्नसक्छ ।

५)  मरेको बच्चा जन्मने सम्भावना बढ्छ ।

६)  पाठेघरको रोग हुनसक्छ ।

७)  गर्भपतन हुनसक्छ ।

८)  प्रसव गाह्रो हुनसक्छ ।

साभार : स्वास्थ्य समस्या र समाधानपुस्तकबाट

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : ०८ बजे

आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारीराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा

अमेरिकी विशेष दूतको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका

राष्ट्रपतिबाट जारी अध्यादेश राजपत्रमा प्रकाशित हुनासाथ एकैसाथ ११०० पद खाली हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,