निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ६३ पुग्यो (सूचीसहित) | Khabarhub Khabarhub

निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ६३ पुग्यो (सूचीसहित)


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ ।

यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

यस्तै काभ्रेपलाञ्चोक, पर्वत, मकवानपुर, रामेछाप, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक र धनकुटाका कोरोना प्रभावित क्षेत्रमा मात्र निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले ग्रामीण क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित पुगेसँगै निषेधाज्ञा लगाउन सक्ने अधिकार स्थानीय प्रशासनलाई प्रत्यायोजन गरेको छ । सोही अधिकारको प्रयोग गर्दै स्थानीय प्रशासनले जिल्लाभर वा प्रभावित क्षेत्रमा निषेधाज्ञा लगाउँदै आएका छन् ।

यस्तो छ सूची

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १० : १८ बजे

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना

अविरल वर्षाले धानबालीमा क्षति

नवलपरासी– हालैको अविरल वर्षातले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका

काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन

स्वास्थ्यचौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि

जेन-जी आन्दोलनले थप्यो दशैँमा चाप, आफ्नै फिल्म जुध्दा प्रकाश सपुतलाई दबाब

काठमाडौँ– लामो सार्वजनिक बिदालाई फिल्म रिलिजका लागि प्राइम डेट मानिन्छ