कलाकारको चाहना : जो आए पनि स्थिर र सक्षम सरकार « Khabarhub

कलाकारको चाहना : जो आए पनि स्थिर र सक्षम सरकार


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ । विपक्षी राजनीतिक दलहरू नयाँ सरकार गठनको रस्साकस्सीमा जुटेका छन् ।

कोरोना महामारीको यो समयमा अब बन्ने सरकार कस्तो होला भन्ने जनचासो छ । नेपाली सिने तथा सङ्गीत क्षेत्रका कलाकारहरूमा पनि नयाँ सरकार गठनमा चासो देखिएको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरी अब आउने सरकारले देशमा विद्यमान समस्याहरू समाप्त पारोस् भन्ने चाहन्छन् ।

उनी भन्छन्, ‘कोभिड संक्रमित बिरामीहरूले बेड नपाएर बाटोमा ज्यान गुमाउनु नपरोस् । सारा नेपालीले अविलम्ब खोप लगाउन पाऊन् ।’

दीपकले ‘राम राज्यजस्तो होस्’ भन्दा पाठक हाँस्ने भएकाले आफ्नो चाहना ठिक्कको रहेको बताए । उनी चाहन्छन्, ‘कमसेकम राजनीतिक खिचातानी सकियोस, सबै एकजुट भएर कोभिडसँग लड्ने बुद्धि आओस् ।’

सङ्गीतकार अर्जुन पोखरेल नयाँ सरकार स्थिर होस् भन्ने चाहन्छन् । राजनीतिक अवस्था अस्थिर हुँदा र सरकारको प्रमुख निकाय नै अस्थिरतामा अल्झिरहँदा सरकारले जिम्मेवारी पूरा गर्न नसक्ने उनको निष्कर्ष छ ।

अर्जुन भन्छन्, ‘तानातानमा अल्झिरहँदा देशका अन्य पाटोमा नागरिकहरू प्रति हुनुपर्ने जिम्मेवारी सरकारले बोध गर्न सक्दैन । ऊ आफ्नै झमेला र टण्टामा अल्झिरहेको हुन्छ ।’

जसको सरकार बने पनि स्थिर होस् भन्ने अर्जुनको चाहना छ । उनी भन्छन्, ‘राजनीतिक खेलभन्दा माथि उठेर देश र जनताको बारे सोच्ने सरकार बनोस् भन्ने चाहन्छु ।’

निर्देशक शोभित बस्नेतको बुझाइ भने अलिक फरक छ । उनी जुनसुकै पार्टीको सरकार आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले जत्तिको विकासको काम नगर्ने ठोकुवा गर्छन् ।

‘म कुनै पार्टीको मान्छे होइन तर जो आए पनि केपी ओलीजस्तो विकास गर्ने चाहिँ हुँदैन’, उनी भन्छन्, ‘यसमा शतप्रतिशत विश्वास छ, अरू कसैले केही गर्दैन । बरु ओलीले त गरेका थिए नि !’

नयाँ सरकार बन्ने कुरा चलिरहँदा धेरै जसो मानिसहरू नयाँ मान्छे प्रधानमन्त्री बनोस् भन्ने चाहन्छन् । नयाँमा पनि अझ युवापुस्ताप्रति उनीहरूको अपेक्षा देखिने गरेको छ ।

गायक स्वरूपराज आचार्य सरकारमा पूर्ण रूपमा नयाँ व्यक्तिहरू आउनुपर्ने धारणा राख्छन् । अहिलेकै व्यक्ति दोहोरिएमा उनीहरूले केही फरक पार्न नसक्ने उनको बुझाइ छ ।

‘अब बन्ने सरकारमा नयाँ, अनुभव नभएको र काम नगरेको व्यक्ति आउँदा केही नयाँ काम गर्ला कि भन्ने आश हुन्छ । नयाँ सोच र भिजन भएको युवापुस्ता आउनुपर्छ’, स्वरूपराज भन्छन्, ‘म त भन्छु प्रधानमन्त्री र राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट छानिनुपर्छ । अहिले जस्तो कुर्सीको लागि लडाइँ गरिरहने जो आए पनि जनताले दुःख पाउने मात्र हो ।’

गायिका मञ्जु पौडेल ‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्य पूरा गर्न सक्ने सरकार बन्नुपर्ने बताउँछिन् । ‘समसामयिक समस्यासँग जुध्न सक्ने भिजन भएको र त्यो खालको नेतृत्व दिन सक्ने हुनुपर्यो,’ उनी भन्छिन्, ‘आफ्नो भन्दा पनि देश र जनताको लागि सदावहार लागिपर्ने नेतृत्व भयो भने सम्भवतः हामी सुखी नेपाली बन्न सक्छौँ ।’

कलाकार तथा आईआईएफटी (स्कुल अफ फेसन) का प्रबन्ध निर्देशक तेञ्जिङ शेर्पा भने केही निराश देन्छिन् । उनी भन्छन्, ‘रूप फरक तर उस्तै गुण भएको सरकार बन्ने भएकाले सुन्दर सपना देख्नु बेकार हो ।’

कलाकार अनुराग कुँवर सत्ता परिवर्तन भन्दा पनि सोच परिवर्तन हुनुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘पहिले र अहिले सबै उस्तै हुन्, केवल नाम मात्र फरक हो ।’

दुुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएपछि प्रमुख दलहरू भागबण्डा मिलाउने प्रयासमा छन् । सरकार गठनको अंकगणित मिलेजस्तै कामको पनि अंकगणित मिलोस् भन्ने कलाकारहरूको चाहना देखिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ११ बजे

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न