दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि थप्पड प्रहार « Khabarhub

दिल्लीका मुख्यमन्त्री केजरीवालमाथि थप्पड प्रहार


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि आक्रमण भएको छ ।

चुनाव लक्षित रोड शोका क्रममा दिल्लीको मोतिनगरमा शनिबार केजरीवालमाथि एक युवकले थप्पड प्रहार गरेका हुन् ।

केजरीवाल लोकसभा निर्वाचनका लागि पश्चिम दिल्लीबाट आम आदमी पार्टीका उम्मेदवार बलबीर सिंह जाखडको चुनावी प्रचारमा सहभागी थिए ।

प्रचारका क्रममा केजरीवालसँग जाखड पनि छत नभएको एक गाडीमा सवार थिए । उनीहरु गाडीमै रहेका बेला एक युवकले गाडीमा चढेर केजरीवालमाथि थप्पड प्रहार गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आम आदमी पार्टीले केजरीवालमाथि भएको आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)को संलग्नता रहेको आरोप लगाएको छ ।

तर, भाजका नेताहरुले भने चुनावी माहोल आफ्नो पक्षमा पार्न आम आदमी पार्टी र स्वयं केजरीवालले नै आफूमाथि आक्रमण गर्न लगाएको हुनसक्ने आरोप लगाएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : २६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको