मसँग खुबी छ भन्ने देखाउन चाहन्छु: निकिता चण्डक « Khabarhub

मसँग खुबी छ भन्ने देखाउन चाहन्छु: निकिता चण्डक


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिस नेपाल २०१७ निकिता चण्डकले अभिनय गर्न लागेको फिल्म ‘साङ्लो’ छायांकनको चरणमा छ । अभिनेता विराज भट्टले निर्देशन गर्न लागेको यो फिल्ममा निकिताले शीर्ष भूमिकामा अभिनय गर्नेछिन् ।

शुक्रवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा फिल्म निर्माणको घोषणा गरियो । फिल्म निर्माणको अनौपचारिक जानकारी पहिले नै दिइएको थियो । कार्यक्रममा फिल्मका निर्माता, निर्देशक तथा नायक विराज भट्ट, नायिका निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया लगायत उपस्थित थिए । उक्त कार्यक्रममा सन् २०१७ को मिस नेपालको ताज जितेकी निकिता चण्डकले फिल्मका बारेमा केही कुरा शेयर गरिन् ।

कार्यक्रममा बोल्दै उनले पहिले आफूले फिल्ममा ‘रिजेक्ट’ गर्ने सोच बनाएको तर पछि अभिनेता विराज भट्टको मिजासिलो स्वभावका कारण फिल्ममा अभिनय गर्न राजी भएको बताइन् । ‘पहिलोपटक म ‘नो’ भन्न जान्छु भनेर विराज दाइलाई भेट्न गएकी थिएँ, म जाँदा एक घण्टा ढिला भइसकेको थियो, ढिला जाँदा पनि दाइले मलाई एकदमै राम्रो व्यवहार गर्नुभयो, त्यसपछि मैले स्किृप्ट हेर्न दिनुस् भनेँ ।’

उनका अनुसार उनी फिल्ममा काम गर्न अझै तयार थिइनन् । अभिनय सिकेर मात्र फिल्ममा काम गर्ने योजना थियो । तर, अभिनेता भट्टले यस्तो व्यवहार गरिदिए कि, उनी स्किृप्ट हेर्न तयार भइन् ।

‘स्टार भएको व्यक्तिले मलाई एक घण्टा कुर्नुभयो, उहाँको व्यवहार सामान्य थियो, पछि स्किृप्ट सुन्दा म रोएँ,’ निकिताले अगाडि थपिन्, ‘स्किृप्ट सुनाउँदा पनि उहाँले हरेक कलाकारको भूमिका अनुसार आवाज परिवर्तन गरेर सुनाउनुभयो, त्यतिबेलै मलाई लाग्यो कि, मैले यो काम गरेँ भने धेरै कुरा सिक्ने मौका पाउँछु ।’

साथै उनले यो फिल्मबाट आफूलाई कुनै पछुतो नभएको पनि बताइन् । ‘यो फिल्म साइन गरेर मलाई कुनै रिग्रेट छैन, नर्भस चाहिँ छु,’ निकिताले भनिन्, ‘मसँग खुबी छ भन्ने दर्शकलाई देखाउन मन छ, म राम्रो काम गर्न चाहन्छु ।’

निकिताले फिल्म राम्रो हुने आशा व्यक्त गर्दै यो फिल्ममा दर्शकका रुपमा सबैले माया गर्ने पनि बताइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ५ : ०० बजे

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी