विश्वकप छनोट फुटबलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै | Khabarhub Khabarhub

विश्वकप छनोट फुटबलमा आज नेपालले चाइनिज ताइपेइसँग खेल्दै


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आज चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

ताइपेइविरुद्ध मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजिमा हुनेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले ताइपेइविरुद्ध नेपालको लक्ष्य जित मात्र भएको बताएका छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह ‘बी’ मा नेपाल ५ खेलबाट १ जितसहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताइपेइ ५ खेलबाट अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।

चाइनिज ताइपेइविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपेइ अहिलेसम्म दुई पटक भिडेका छन् ।

पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० ले खेल जितेको थियो ।

४ खेलबाट शत प्रतिशत जितसहित १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ६ : २५ बजे

आज आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।

बंगलादेशलाई ४१ रनले हराउँदै भारत एसिया कपको फाइनलमा

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ९ गते बिहीबार। आश्विन