बच्चालाई सुख्खा रोग लागेमा गर्न सकिन्छ यस्तो घरेलु उपचार | Khabarhub Khabarhub

बच्चालाई सुख्खा रोग लागेमा गर्न सकिन्छ यस्तो घरेलु उपचार


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बच्चालाई घरमा सही रेखदेख नगर्ने हो भने उसलाई अनेक प्रकारका समस्याहरुले घेर्न थाल्दछ ।

बच्चा घरमा रमाउँदै खेलेको सबैले देख्न मन पराउँदछन् । उनीहरुलाई रोग लागेको कसैले देख्न मन पराउँदैनन् । बच्चामा रोगप्रतिरोधात्मक शक्ति कमजोर हुन्छ ।

यसकारण साधारण लापरबाहीले पनि बच्चालाई विमारी बनाइदिन्छ । बच्चाहरुलाई प्रायः खोकी, लिवर सम्बन्धी समस्या, दिसा पातलो हुनु, उल्टी, ज्वरो आउनु, निमोनिया आदि मुख्य मानिन्छन् ।

बच्चाहरुलाई केही घरेलु तथा आयुर्वेदिक औषधिको माध्यमबाट पनि स्वस्थ राख्न सकिन्छ जसमध्ये बच्चामा हुने सुख्खा रोगको घरेलु उपचारका बारेमा यहाँ जानकारी गराइन्छ—

– यो रोगमा तरकारीको सुप, फलफूलको रस र क्याल्सियम युक्त पदार्थ दिनाले लाभ मिल्दछ ।

– चामलको माडलाई पिउनाले सुख्खारोग ठिक हुन्छ ।

– कालो गाईको पिसाब (सूर्योदय हुनुभन्दा पहिला) १० ग्राम, केसर १० ग्राम मिलाई शिसामा राख्नुहोस् । उक्त औषधि ६ महिनाको बालकलाई ४ थोपा ६ महिनादेखि माथिको लागि ८ थोपाका दरले गाइको दूधसँग बिहान बेलुका खानाले लाभ मिल्दछ ।

– गधाको दूध २० ग्रामका दरले २ महिनासम्म नियमित खानाले सुख्खा रोग टाढा भाग्दछ ।

– शरीरलाई प्रतिदिन तातो तीलको तेल, जैतुनको तेल, बदामको तेलले मालिस गर्नाले सुख्खा रोग निको हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ५० बजे

सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु

अमरगढी– परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको

विभिन्न राजमार्गका ६ ठाउँमा सडक अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण देशका विभिन्न ६ स्थानमा सडक

एम्बुलेन्स मर्मत गरी शववाहन सञ्चालन

ओखलढुङ्गा– शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा ओखलढुंगाको खिजीदेम्बा

जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै

जुम्ला– जुम्लाको सिंजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान

बागलुङ– ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरू लोपजस्तै भएका छन्