बच्चालाई सुख्खा रोग लागेमा गर्न सकिन्छ यस्तो घरेलु उपचार « Khabarhub

बच्चालाई सुख्खा रोग लागेमा गर्न सकिन्छ यस्तो घरेलु उपचार


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बच्चालाई घरमा सही रेखदेख नगर्ने हो भने उसलाई अनेक प्रकारका समस्याहरुले घेर्न थाल्दछ ।

बच्चा घरमा रमाउँदै खेलेको सबैले देख्न मन पराउँदछन् । उनीहरुलाई रोग लागेको कसैले देख्न मन पराउँदैनन् । बच्चामा रोगप्रतिरोधात्मक शक्ति कमजोर हुन्छ ।

यसकारण साधारण लापरबाहीले पनि बच्चालाई विमारी बनाइदिन्छ । बच्चाहरुलाई प्रायः खोकी, लिवर सम्बन्धी समस्या, दिसा पातलो हुनु, उल्टी, ज्वरो आउनु, निमोनिया आदि मुख्य मानिन्छन् ।

बच्चाहरुलाई केही घरेलु तथा आयुर्वेदिक औषधिको माध्यमबाट पनि स्वस्थ राख्न सकिन्छ जसमध्ये बच्चामा हुने सुख्खा रोगको घरेलु उपचारका बारेमा यहाँ जानकारी गराइन्छ—

– यो रोगमा तरकारीको सुप, फलफूलको रस र क्याल्सियम युक्त पदार्थ दिनाले लाभ मिल्दछ ।

– चामलको माडलाई पिउनाले सुख्खारोग ठिक हुन्छ ।

– कालो गाईको पिसाब (सूर्योदय हुनुभन्दा पहिला) १० ग्राम, केसर १० ग्राम मिलाई शिसामा राख्नुहोस् । उक्त औषधि ६ महिनाको बालकलाई ४ थोपा ६ महिनादेखि माथिको लागि ८ थोपाका दरले गाइको दूधसँग बिहान बेलुका खानाले लाभ मिल्दछ ।

– गधाको दूध २० ग्रामका दरले २ महिनासम्म नियमित खानाले सुख्खा रोग टाढा भाग्दछ ।

– शरीरलाई प्रतिदिन तातो तीलको तेल, जैतुनको तेल, बदामको तेलले मालिस गर्नाले सुख्खा रोग निको हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ५ : ५० बजे

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ

कोशी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष