विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार « Khabarhub

विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो ।

अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका विशेषज्ञ चिकित्सकसँग कोभिड उपचारबारे जुममार्फत नियमित छलफल गर्दै आएको छ । अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार हरेक दिन दिउँसो २:३० बजे यहाँका कोभिड उपचारमा संलग्न क्रिटिकल केयरका चिकित्सक स्वास्थ्यकर्मी र ग्लोबल हस्पिटलका वरिष्ठ चिकित्सकबीच सङ्क्रमितका विषयमा अन्तक्रिया हुने गरेको छ । प्रधानले भने, “सङ्क्रमितमध्ये २० प्रतिशत जति जटिल हुने गर्दछन् । उनीहरूको एक/एक गरेर हामी छलफल गर्छौँ।”

यहाँ गरिरहेको उपचार पद्दति, बिरामीको अवस्था, प्रयोगशालाका नतिजालगायत विषयमा छलफल गरी सुधार गर्नुपर्ने विषय टिपोट गरेर उपचार गरिन्छ । ग्लोबल हस्पिटलका सङ्क्रामक रोग विशेषज्ञ डा सुप्रमन्यमको नेतृत्व चार वरिष्ठ चिकित्सक अन्तक्रियामा सहभागी हुने उनले जानकारी दिए ।

सङ्क्रमितलाई कसरी उपचार गर्दा निको पार्न सकिन्छ भन्नेबारे पछिल्लो अनुभव र प्रविधिका विषयमा छलफल गरिन्छ । प्रधानले भने, “हामीले सङ्क्रमितलाई उत्तानो पारेर सुताउँथ्यो, तर घोप्टो पारेर सुताउँदा श्वासप्रश्वासमा सहज हुने र अक्सिजनको मात्रा बढ्ने थाहा भएसँगै त्यसै गरेका छौँ ।” यो अन्तक्रियाबाट यहाँका क्रिटिकल केयरमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीले धेरै ज्ञान प्राप्त गरेको र उनीहरूको आत्मबलसमेत बढेको उनको भनाइ छ ।

शुरुका दिनहरुमा सङ्क्रमित नजिक जानसमेत डराउने स्वास्थ्यकर्मी जुम मिटिङसँगै बिरामीसँग नजिकिने गरेका छन् । पछिल्ला अनुसन्धान र उपलब्धिका विषयमा स्वस्थ्यकर्मीले यसबाट थाहा पाएका छन् । सङ्क्रमितलाई कस्ता औषधि चलाउने भन्ने विषयमा गहन छलफल हुने गरेको छ । प्रधानको भनाइमा कोभिडको पहिलो लहर नेपालमा आएसँगै गत वर्षको साउनदेखि ग्लोबल हस्पिटलसँग सहकार्य गरिएको हो ।

यस मेडिकल कलेजले पहिलो लहरमा २२० सङ्क्रमितको उपचार गरेको थियो । दोस्रो लहरमा हालसम्म ३५० जनाको उपचार गरिसकेको छ । अस्पतालमा ९० शय्याको कोभिड सघन उपचारकक्ष, ४० शय्याको एचडीयू र ७० साधारण शय्या रहेका छन् । रासस

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  १० : ०५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण

विश्वकपमा नर्वेको विजयी सुरुवात : हालान्ड चम्किँदा इराक ४-१ गोल अन्तरले पराजित

काठमाडौँ – स्टार स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो विश्वकप डेब्युमै दुई