पूर्वमन्त्री बास्कोटाको टिप्पणी : कहिल्यै जंगल नटेक्नेले चुरे दोहनको हल्ला गर्छन « Khabarhub

पूर्वमन्त्री बास्कोटाको टिप्पणी : कहिल्यै जंगल नटेक्नेले चुरे दोहनको हल्ला गर्छन


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले ढुंगा, बालुवा, गिट्टी उत्खननका विषयमा आएका प्रतिक्रियाको टिप्पणी गरेका छन् ।

उनले देशभित्र उपलब्ध साधनस्रोतलाई बेचेर नै लाभ लिनुपर्ने बताए ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्वमन्त्री बास्कोटाले विभिन्न मुलुकले आफ्नो देशमा भएका खनिजजन्य पद्धार्थ बेचेर धनी भएको बताएका छन् । उनले नेपालले आफ्नो उपलब्ध साधनस्रोतलाई बेच्नु अनौठो नभएको तर्क गरेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकन गरेर ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्ने कुरा बजेटमा प्रष्ट उल्लेख भएपनि विरोधका लागि विरोध भइरहेको उनको टिप्पणी छ ।

उनले भनेका छन्, ‘पुल, सडक, भवन आदि बन्नु पर्ने तर निर्माण सामग्री उत्पादन हुन नमिल्ने ? साथै पेट्रोलियम, फलाम, ओखती, मेसिनरी उत्पादन हुनेले त्यस्तै चीज बेचेर धनि भएका छन् । फरक यत्ति मात्र हो कि वातावरण बिग्रन दिनु भएन। जुन कुरा अर्थमन्त्रीले भनेकै छन् त ।’

उनले जंगल नटेक्नले नै चुरे दोहनलाई लिएर विरोध गरिरहेको भन्दै कटाक्षसमेत गरेका छन् । ‘किन बिरोधमा पापड पेलिरहेका होलान् ? जङ्गल नटेक्नेका कुरा’ उनले ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ११ : ३१ बजे

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ