आज नागरिकता सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ हुँदै « Khabarhub

आज नागरिकता सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ हुँदै

प्रधानन्यायाधीशले तोके वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास


२१ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नागरिकता सम्बन्धी अध्यादेशविरूद्ध परेको रिटमाथि सनुवाइ हुँदैछ । नागरिकता सम्बन्धी अध्यादेशविरूद्धको रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् ।

आजको इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँचमध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्।

नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका ६ रिटमाथि आजको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ।

केही समय अघि सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले बुवा-आमा दुवैको नागरिकता देखाए वंशजको नागरिकता पाउने, बावुको पहिचान नभएको स्वघोषणा गरे नेपाली आमाको नामबाट मात्र नागरिकता पाउने व्यवस्था छ।

 

प्रकाशित मिति : २१ जेठ २०७८, शुक्रबार  ११ : ४८ बजे

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको

अब कांग्रेसले के गर्नुपर्छ ?

नेपाली कांग्रेस कुनै व्यक्ति, गुट वा अमुक पुस्ताको मात्र पार्टी