राष्ट्रपतिको ‘मेरो सरकार’मा तानाशाही प्रवृति झल्कियो : महामन्त्री कोइराला | Khabarhub Khabarhub

राष्ट्रपतिको ‘मेरो सरकार’मा तानाशाही प्रवृति झल्कियो : महामन्त्री कोइराला


२३ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा पुरानी तानाशाही प्रवृत्तिको झझल्को आएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री कोइरालाले राष्ट्रपतिको ‘मेरो सरकार’ भन्ने सम्बोधनले अधिनायकवादी चरित्रको पक्षपोषण गरेको उनको भनाइ थियो ।

‘वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन, नत राष्ट्रपतिज्यूले भन्नु भएजस्तै उहाँको सरकार हो,’ महामन्त्री कोइरालाले भने, ‘यो त सबैखाले तानाशाही, निरंकुशता र अधिनायकवाद अन्त्य गरी स्थापना गरिएको सरकार हो ।’

महामन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक, बस्तुनिस्ट र तर्कसम्मत नभएको दावी पनि गरे । सरकारको नीति तथा कार्यक्रममा सरकारको कामको मात्रै प्रशंशा गरिएको भन्दै कोइरालाले आपत्ति जनाए ।

सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तथा नीतिहरुमा विश्वसनीयता नदेखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार  ४ : ३९ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार