भारतमा एकैदिन सर्वाधिक संक्रमितको मृत्यु, २४ घण्टामा ६ हजार १३८ को मृत्यु « Khabarhub

भारतमा एकैदिन सर्वाधिक संक्रमितको मृत्यु, २४ घण्टामा ६ हजार १३८ को मृत्यु


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकैदिन अहिलेसम्मकै धेरै ६ हजार १३८ संक्रमितको मृत्यु भएको छ ।

दैनिक संक्रमितको संख्यामा एक लाखभन्दा कममा झरे पनि मृत्युदर भने अस्वाभाविकरूपमा बढेको हो । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६९५ पुगेको छ ।

यसैबीच भारतमा आज पनि संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ९३ हजार ८९६ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९१ लाख ८२ हजार ७२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ११ लाख ८३ हजार ४७५ जना संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ४० बजे

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय