‘पार्टीलाई नै परिवार सम्झेर किसुनजीको राजनीतिक जीवन बित्यो’ « Khabarhub

‘पार्टीलाई नै परिवार सम्झेर किसुनजीको राजनीतिक जीवन बित्यो’


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई नैतिकता र मूल्य मान्यतामा आधारित राजनीतिका लागि बिर्सन नसकिनेमा जोड दिइएको छ ।

लोकतन्त्र संवाद केन्द्रले आज जुम प्रविधिबाट आयोजना गरेको ‘मूल्य र नैतिकतामा आधारित राजनीति र किसुनजीको सम्झना’ विषयक कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद प्रदीप गिरीले राजकीय शक्ति दुरुपयोग गरेर धन कमाउनुभन्दा ठूलो अपराध केही हुन्न भन्ने दर्शनबाट पूर्वप्रधानमन्त्री भट्टराई निर्देशित भएको बताए ।

“किसुनजीको यो नैतिकताको स्रोत आध्यात्मिकता हो, पार्टीलाई नै परिवार सम्झेर उहाँको राजनीतिक जीवन बित्यो, आफूसँग असहमत हुनेसँग पनि कुरा गर्ने प्रजातान्तिक संस्कार उहाँमा थियो”, सांसद गिरीले भने ।

दुईपटक प्रधानमन्त्री भएर बालुवाटारबाट निस्कँदा पनि किसुनजीले छाता, सुराही र पुरानो ट्याङ्का लिएर निस्कनु नै उनको बिम्ब बनेको कार्यक्रमका वक्ताको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले वर्तमान जटिल राजनीतिक परिस्थितिमा देशको राजनीतिक सार्वभौमसत्ता सुरक्षित राख्न किसुनजीको दर्शनअनुसार चल्न नेतृत्वलाई सुझाव दिए ।

पूर्वसचिव कृष्ण ज्ञवालीले अन्तरिमकालमा प्रधानमन्त्री बन्नुहुँदा किसुनजीले राजदरबारमा पठाउने पत्रमा त्यसअघि लेख्ने गरिएको ‘सरकारको अनन्य भक्त’ का स्थानमा ‘सरकारको हितैषी’ लेख्ने परम्पराको शुरुवात गरेको स्मरण गराए ।

कार्यक्रममा कृष्णप्रसाद भट्टराई फाउन्डेसनका महासचिव विनोदकुमार भट्टराईले सन्त नेता किसुनजीका विषयमा हालसम्म प्रकाशित नभएका विषय राखेर पुस्तक प्रकाशनको अन्तिम चरणमा पुगेको जानकारी दिए ।

सो अवसरमा, पूर्व सांसद हीरादत्त भट्ट, नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, डा पूर्णकान्त अधिकारी, काठमाडौँ काँग्रेसका नेता राजन केसी, केन्द्रका नारायण भट्टराई र प्रदीप शर्मालगायतले नेपालको राजनीतिलाई सदाचारयुक्त बनाउन किसुनजीको योगदानका विषयमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : ०१ बजे

अंश विवादले पोखराकी सिर्जनाको हत्या, सौताका भाञ्जाले सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको

सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता

काठमाडौं– नेपालको अधिराज्यको संविधान, २०४७ मा सूचनाको हकको व्यवस्था गरिएको

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौं उपत्यका ट्राफिक

सांसदहरूलाई रविको निर्देशन : मन्त्रालयमा अनावश्यक नधाउनू, आफन्तलाई नियुक्ति दिलाउनेतिर नलाग्नू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले सांसद र