नेपाल भित्रियो मनसुन, सतर्कता अपनाउन मौसम विभागको अनुरोध « Khabarhub

नेपाल भित्रियो मनसुन, सतर्कता अपनाउन मौसम विभागको अनुरोध


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा गत वर्षभन्दा तीन दिन अघि यस वर्षको मनसुन भित्रिएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ तारिख मानिन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले शुक्रबारबाट नेपालमा मनसुन भित्रिएको जानकारी दिँदै मनसुन भित्रिएका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

पूर्वी भेगबाट मनसुन भित्रिएकामा शुक्रबार काठमाडौँलगायत क्षेत्रमा पनि वर्षा भएको छ । देशका सबै भागमा मनसुन फैलन भने अझै दुईदेखि चार दिन लाग्ने प्रक्षेपण मौसमविद्को छ ।

यस वर्ष देशका अधिकांश भागमा विगत वर्षभन्दा धेरै वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् । नेपालमा सामान्यतया चार महिना मनसुन रहन्छ । बढी वर्षाले बाढी र पहिरो निम्तिने तथा जनधनको क्षति हुने खतरा भएकाले त्यसको न्यूनीकरणका लागि अहिलेदेखि नै ध्यान दिन मौसमविद्ले सुझाएका छन् ।

मौसमविद् प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आज विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ ।

नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ । दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससिओएफ)ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ ।

हाल देशको पुर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ । तसर्थ देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविद् प्रधानाङ्गले बताए ।

आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं २, वाग्मती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ९ : ०१ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद

बागमतीको सत्ता समीकरणप्रति रावलको असन्तुष्टि:’सत्ता रोज्ने प्रवृत्तिले पार्टी कमजोर हुन्छ’

काठमाडौँ – नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले बागमती

देशभर मनसुन सक्रिय, यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

केप भर्डेका विश्वकप हिरो बोजिन्हा चिलीको क्लबमा अनुबन्ध

काठमाडौँ – विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै सामाजिक सञ्जालमा छाएका