संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुखलाई नेताहरुको सुझाव  | Khabarhub Khabarhub

संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुखलाई नेताहरुको सुझाव 


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्रीहरु र दलका शिर्ष नेताहरुले संविधानले दिएको अधिकार प्रयोग गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् ।

सभामुख सापकोटाले बोलाएको पूर्वप्रधानमन्त्री र संसदमा रहेका दलका शीर्ष नेताहरुको छलफलमा नेताहरुले सभामुखलाई संविधानले दिएको अधिकारअनुसार काम गर्न सुझाव दिएका हुन् ।

उनीहरुले संसद विघटनका बारेमा दलहरुसँग निरन्तर छलफल गर्न समेत सुझाव दिएका छन् ।

बैठकमा सहभागी जसपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने,‘संसद विघटनका बारेमा चिन्ता व्यक्त भयो । कोरोना महामारीका बारेमा समेत छलफल भयो । चुरेको वालुवा निर्यात गरेर कथित व्यापारघाटा घटाउने निर्णय सबै हिसाबले गलत छ भनेर हामी एक भएर जानुपर्छ भन्ने विषयमा छलफल भयो ।’

बैठकमा संसद विघटन गलत र असंवैधानिक रहेको भन्दै दलका नेताहरुले संसद विघटन प्रधानमन्त्री ओलीको निरंकुशता र स्वेच्छाचारीताको पराकाष्ठा भएको निष्कर्ष निकालेका छन् ।

बैठकबारे नेता भट्टराईले भने,‘सभामुख त संविधानमा अर्को निर्वाचनसम्म रहने भन्नेछ । उहाँको हातमा महत्वपूर्ण जिम्मेवारी पनि छ । दलहरुलाई घचघच्याउने काम गर्न हामीले भनेका छौँ,’ उनले भने,‘दलहरुको साथ रहन्छ भनेर सभामुखलाई भनेका छौं ।’

जवाफमा सभामुख सापकोटाले संविधानअनुसार काम गर्ने बताएको नेता भट्टराईले जानकारी दिए । उनले भने,‘सभामुखले मैले संविधानभित्र रहेर काम गर्छु । सर्वोच्चमा रहेको रिटको टुंगो लागोस् भनेर भन्नुभयो ।’

बैठकमा सभामुख अग्नि सापकोटाले कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव मागेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले भने,‘सभामुखले यस्तो परिस्थतिमा कसरी अघि बढ्ने भनेर सुझाव माग्नुभएको थियो । सर्वोच्चबाट न्याय हुन्छ भन्नेमा हामीलाई विश्वास छ । लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्दै आएका पार्टी हौँ । लोकतन्त्रलाई जोगाउनका लागि हामी संघर्ष गर्न तयार छौँ । हाम्रो आस्था सर्वोच्चमा रहेको छ ।’

अध्यक्ष यादवले महन्थ ठाकुर पक्षका नेताहरुलाई कारबाही गरिएको तर जसपा एक रहेको समेत स्पष्ट पारेका छन् । उनले भने,‘केही मान्छेले विधान उल्लंघन गरेका कारण कारबाही गरिएको छ । जसपा अहिले एउटै पार्टी रहेको छ । पार्टीको विधानअनुसार हामीलाई कारबाही गर्ने आधार छैन ।’

सभामुख सापकोटाले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित रहे । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेबाट निश्कासित नेता माधवकुमार नेपाल, जसपाका अध्यक्षद्वय डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव, नेमकिपाका नेता प्रेम सुवाल र जनमोर्चा नेतृ दुर्ग पौडेल सहभागी थिए ।

बैठकमा सत्ता पक्षका कोही पनि सांसद सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ५ : ५० बजे

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति

हत्या अभियोगमा फरार व्यक्ति वृद्धाश्रमबाट पक्राउ

पोखरा– तनहुँको देवघाटमा कुटपिट गरी हत्या गरिएको अभियोगमा फरार रहेका

प्रदेशसभा सदस्य सुनीता ‘डेफ नेसन एक्पो’मा सहभागी हुने 

पोखरा – गण्डकी प्रदेशकी प्रदेशसभा सदस्य सुनीता थापा आगामी साउन

कालीगण्डकी करिडोर अवरुद्ध, रोकिएन पहिरो

गुल्मी– शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर  निरन्तरको पहिराका कारण आज पनि

लहानबाट अन्तरप्रदेशीय मार्ग निर्माण गरिने

सिरहा– मधेस प्रदेश सरकारले अन्तरप्रदेशीय मार्ग विस्तारको पहल लहान नगरपालिकाबाट