मुख्यमन्त्रीका लागि गण्डकीमा विपक्षी गठबन्धनद्वारा दाबी पेश « Khabarhub

मुख्यमन्त्रीका लागि गण्डकीमा विपक्षी गठबन्धनद्वारा दाबी पेश


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन् ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न उनीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

जसमा कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)सहितको हस्ताक्षर रहेको छ ।

आजै प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठन गर्नका लागि आह्वान गरेकी थिइन । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुन्छ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार प्रदेश सभामा विश्वास गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो ।

यस्तो छ हस्ताक्षर

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : १५ बजे

बीपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी) प्रत्यारोपणका लागि

बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन

झापा– झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी

नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, दुई घण्टामै यात्रा गर्न सकिने

चितवन– निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्रीले मौखिक प्रश्नहरुको जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

बंगलादेशमा क्रिकेटर शाकिब अल हसनको घरमा आक्रमण, ढुंगा र पेट्रोल बम प्रहार

ढाका- बंगलादेश राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा अवामी लिगका पूर्वसांसद