पुरानो नक्सा छापिएका किताबको पेजमा नेपालको नयाँ नक्सा छापिने | Khabarhub Khabarhub

पुरानो नक्सा छापिएका किताबको पेजमा नेपालको नयाँ नक्सा छापिने


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिले नेपालको पुरोनो नक्सा छापिएका पुस्तकका पेजहरूमा नयाँ नक्सा छाप्ने निर्णय गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले नयाँ किताब छाप्न धेरै समय लाग्ने र नयाँ शैक्षिक सत्र शुरू हुन लागेकाले पुरानो नक्सा छापिएको पेजमा नयाँ नक्सा छाप्ने गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले जानकारी दिए ।

शैक्षिक शत्रको शरुवातसँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्न महामारीको वर्तमान अवस्था र निषेधाज्ञाको कारण ढुवानीमा समस्या हुने देखिएकोले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न अनुरोध गर्ने निर्णय पनि भएको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिका सदस्य शुप्रभात भण्डारीले बताए ।

नयाँ शैक्षिक सत्रको लागि छापिएका पुस्तकमा सरकारले जारी गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नेपालको नयाँ नक्सा हुनुपर्ने र त्यस्तो नभएका किताबमा प्रकाशकलाई नक्सा परिर्वतन गर्न लगाउने निर्णय भएको उनले जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतमा बसेको समितिको बैठकले शिक्षक, विद्यालय कर्मचारी र पुस्तक बिक्रेतालाई समेत कोभिड – १९ विरुध्दको खोप उपलब्ध गराउने व्यवस्थाको निमित्त अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा पाठ्यपुस्तक ढुवानी, वितरण र उपलब्धताको विषयमा आवश्यक छलफल र निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले केही दिन अघि पुरानो नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । सोही निर्देशनलाई ध्यानमा राखेर आजको बैठकले पुरानो नक्सा भएका पुस्तकमा नयाँ नक्सा छाप्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : १० बजे

निराश र थकित प्रचण्ड : विशेष महाधिवेशन देखाएर घेराबन्दीलाई कमजोर बनाउने प्रयास

काठमाडौं – जेनजी आन्दोलनपछि पहिलोपटक आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी

‘जेनजी’का माग सम्बोधन गर्न सरोकारवालाको सुझाव

काठमाडौं – सरोकारवालाले ‘जेनजी’ले आन्दोलनमार्फत अघि सारेका माग तत्काल सम्बोधन

नयाँ मन्त्रीहरुको सपथ सोमबार हुने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् थप विस्तार गर्दै पाँच

सिंहदरबारमा सुजन गुरुङ भन्छन् : संविधान खारेज गर्दा देशमा भारत आउने डर भयो

काठमाडौं — जेन-जी आन्दोलन हाइज्याक गरेको आरोप झेलिरहेका हामी नेपालका

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना