पुरानो नक्सा छापिएका किताबको पेजमा नेपालको नयाँ नक्सा छापिने « Khabarhub

पुरानो नक्सा छापिएका किताबको पेजमा नेपालको नयाँ नक्सा छापिने


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिले नेपालको पुरोनो नक्सा छापिएका पुस्तकका पेजहरूमा नयाँ नक्सा छाप्ने निर्णय गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले नयाँ किताब छाप्न धेरै समय लाग्ने र नयाँ शैक्षिक सत्र शुरू हुन लागेकाले पुरानो नक्सा छापिएको पेजमा नयाँ नक्सा छाप्ने गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी धनबहादुर श्रेष्ठले जानकारी दिए ।

शैक्षिक शत्रको शरुवातसँगै विद्यार्थीहरूका हातमा पाठ्यपुस्तक पुग्न महामारीको वर्तमान अवस्था र निषेधाज्ञाको कारण ढुवानीमा समस्या हुने देखिएकोले पाठ्यपुस्तक ढुवानी सेवालाई अत्यावश्यकीय सेवामा राख्न अनुरोध गर्ने निर्णय पनि भएको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिका सदस्य शुप्रभात भण्डारीले बताए ।

नयाँ शैक्षिक सत्रको लागि छापिएका पुस्तकमा सरकारले जारी गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नेपालको नयाँ नक्सा हुनुपर्ने र त्यस्तो नभएका किताबमा प्रकाशकलाई नक्सा परिर्वतन गर्न लगाउने निर्णय भएको उनले जानकारी दिए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतमा बसेको समितिको बैठकले शिक्षक, विद्यालय कर्मचारी र पुस्तक बिक्रेतालाई समेत कोभिड – १९ विरुध्दको खोप उपलब्ध गराउने व्यवस्थाको निमित्त अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकमा पाठ्यपुस्तक ढुवानी, वितरण र उपलब्धताको विषयमा आवश्यक छलफल र निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले केही दिन अघि पुरानो नक्सा छापिएका पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका थिए । सोही निर्देशनलाई ध्यानमा राखेर आजको बैठकले पुरानो नक्सा भएका पुस्तकमा नयाँ नक्सा छाप्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ७ : १० बजे

ग्लोबल आइएमई बैंकले स्थापना गर्‍यो ‘नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग’

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूका लागि

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए