जिल्ला अदालत सुर्खेतद्वारा पीडित राउटे युवतीको पहिचान खुल्ने सामग्री हटाउन आदेश « Khabarhub

जिल्ला अदालत सुर्खेतद्वारा पीडित राउटे युवतीको पहिचान खुल्ने सामग्री हटाउन आदेश


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अदालत सुर्खेतले पीडित दुई राउते युवतीको पहिचान खुल्ने गरी सामाजिक सञ्जाल र अनलाइन पोर्टलमा आएका सामग्री तत्काल हटाउन र नहटाए कारबाही गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश डा राजेन्द्र कुमार आचार्यको इजलासले शुक्रबार ‘सामाजिक सञ्जाल, युट्युब समेतमा पीडितको नाम, अनुहार स्पष्ट पहिचान हुने गरी सामाग्रीहरू प्रसारण गरिएको देखिएको’ भन्दै प्रारम्भमा ती सामाग्री हटाउन आग्रह गर्ने, नमाने कारबाही गर्न आदेश जारी गरेको हो।

पीडितहरुको पहिचान गोप्य राख्नुपर्ने कानुनी प्रावधान हुँदा हुँदै यस्तो संवेदनशील विषयमा गम्भीर नदेखिएको अदालतले ठहर गरेको हो ।

‘यूट्यव लगायतका सामाजिक सञ्जालमा राखिएका यस्ता सामाग्री हटाउन नेपाल सरकार मार्फत विज्ञप्ति जारी गर्नुपर्ने अवस्था छ। त्यसका लागि गृहमा आदेश पठाउनू, विज्ञप्तिपछि पनि यस्ता सामाग्री प्रसारण भएमा वा सामाग्री नहटाइएमा कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयमा लेखी पठाउने’, आदेशमा भनिएको छ।

अदालते राउटे युवतीमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका तीन जनालाई अनुसन्धानका लागि असार ५ गतेसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : ४७ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना