प्रधानमन्त्रीका लागि ‘नाथुराम गोड्से’ बन्छु भन्ने वैद्यले तत्काल माफ माग्नून :  भट्टराई « Khabarhub

प्रधानमन्त्रीका लागि ‘नाथुराम गोड्से’ बन्छु भन्ने वैद्यले तत्काल माफ माग्नून :  भट्टराई


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री योगेश भट्टराईले वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल माफि माग्न आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ ‘क’ बाट कांग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री केपी ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए ।

शुक्रबार प्रदेशसभा उनले अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमाले वृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।

उनको अभिव्यक्ति सार्वजनिक भएलगत्तै नेता भट्टराईले उनलाई तत्काल दशवटा तर्क नगरी माफ माग्न आग्रह गरेका छन् ।

भट्टराईले फेसबुकमा भनेका छन्,’ वाग्मती प्रदेशसभा सदस्य नरोत्तमजीले दशवटा तर्क नगरि खुरुक्क माफ माग्नु नै बेस हुन्छ ।’

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ९ : ५० बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना