गण्डकीमा गुरुङको फेरि मुख्यमन्त्रीमा दाबी, किर्ते काम भएको विपक्षीको आरोप « Khabarhub

गण्डकीमा गुरुङको फेरि मुख्यमन्त्रीमा दाबी, किर्ते काम भएको विपक्षीको आरोप


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वासको मत लिन असफल गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि दिएको समय सीमा सकिन लाग्दा गुरुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

उनको दाबीमा जनता समाजवादी पार्टीको प्रदेश समिति र जनमोर्चाका सांसद कृष्ण थापाको साथ रहेको उल्लेख छ । तर, जनता समाजवादीका सांसदहरू भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन् ।

जनता समाजवादीको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो । विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन् ।

तर, विपक्षीले भने सांसदलाई नै उपस्थित गराएर दाबी पेस गरेको छ । विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले भने किर्ते काम गरेर आफूलाई रोक्ने काम भएको आरोप लगाएका छन् ।

मुख्यमन्त्रीको दाबीका लागि बहुमत सदस्यहरूको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गर्दा पनि किर्ते काम गरेर त्यसलाई रोक्ने काम भएको उनको आरोप छ ।

प्रदेश प्रमुखको कार्यालय अगाडि शनिबार सञ्चारकर्मीहरुसँग बोल्दै नेता पोखरेलले पृथ्बी सुब्बा गुरुङले किर्ते काम गरेर आफूलाई रोकेको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ०५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार