गण्डकीमा गुरुङको फेरि मुख्यमन्त्रीमा दाबी, किर्ते काम भएको विपक्षीको आरोप | Khabarhub Khabarhub

गण्डकीमा गुरुङको फेरि मुख्यमन्त्रीमा दाबी, किर्ते काम भएको विपक्षीको आरोप


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वासको मत लिन असफल गण्डकीका पदमुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि दिएको समय सीमा सकिन लाग्दा गुरुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

उनको दाबीमा जनता समाजवादी पार्टीको प्रदेश समिति र जनमोर्चाका सांसद कृष्ण थापाको साथ रहेको उल्लेख छ । तर, जनता समाजवादीका सांसदहरू भने आफूहरूको समर्थन विपक्षीलाई रहेको बताइरहेका छन् ।

जनता समाजवादीको प्रदेश समितिले मुख्यमन्त्रीमा पृथ्वीसुब्बालाई साथ रहेको पत्र प्रदेश प्रमुखलाई दिएको थियो । विश्वासको मत दिने बेलामा तटस्थ बसेका जनमोर्चा सांसद कृष्ण थापाले आफ्नो साथ अहिलेकै सरकारलाई रहेको बताएको भन्दै दाबी पेस गरेका हुन् ।

तर, विपक्षीले भने सांसदलाई नै उपस्थित गराएर दाबी पेस गरेको छ । विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले भने किर्ते काम गरेर आफूलाई रोक्ने काम भएको आरोप लगाएका छन् ।

मुख्यमन्त्रीको दाबीका लागि बहुमत सदस्यहरूको हस्ताक्षरसहित आफूहरूले दाबी पेश गर्दा पनि किर्ते काम गरेर त्यसलाई रोक्ने काम भएको उनको आरोप छ ।

प्रदेश प्रमुखको कार्यालय अगाडि शनिबार सञ्चारकर्मीहरुसँग बोल्दै नेता पोखरेलले पृथ्बी सुब्बा गुरुङले किर्ते काम गरेर आफूलाई रोकेको आरोप लगाएका हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ०५ बजे

शुक्लाफाँटा आरक्ष विस्थापित १३ दिनदेखि रिले अनशनमा

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) विस्तारका क्रममा विस्थापित भएका

फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा

हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग युद्धविरामबारे छलफल गर्ने

बेरुत- लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका