गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि विपक्षी गठबन्धनको धर्ना « Khabarhub

गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि विपक्षी गठबन्धनको धर्ना


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नमा बसेका छन् ।

बहुमतको दाबी पेश गरे पनि नयाँ सरकार गठनको समय सकिँदासम्म मुख्यमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका प्रेदशका बहुमत प्रदेशसभा सदस्यहरू धर्नामा बसेका हुन् ।

शनिबार करिब दिउँसो साढे चार बजेदेखि विपक्षी गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवासअघि धर्नामा बसेका हुन् ।

नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसिमा सकिँदासम्म पनि मुख्यमन्त्री नियुक्त नगर्नु संसद विघटनको संकेतका रुपमा विपक्षी गठबन्धनले बुझेको छन् । संसद् विघटन हुन नदिनका लागि दबाब दिने उद्द‍ेश्यले धर्नामा बसेको उनीहरूले बताएका छन् ।

विपक्षी गवठबन्धन धर्नामा बसेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बनाउन शुक्रबार २४ घण्टाका लागि दलहरूलाई समय दिएकी थिइन् । प्रदेश प्रमुखले दिएको समयसीमाअनुसार शनिबार दिउँसो तीन बजेसम्म समय थियो।

शुक्रबार साँझ नै कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक गुरुङ) ले हस्ताक्षर गरेर विपक्षी कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न प्रक्रियामा गएका थिए । उनीहरूले कांग्रेसका संसदीय दलका नेतासमेत रहेका कृष्ण चन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् ।

तर, आज सत्तापक्ष (एमाले)ले पनि पृथ्वीसुब्बा गुरुङलाई मुख्यन्त्री प्रस्ताव गर्दै राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ५ : ४४ बजे

आज २०८३ साल असार ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ४ गते बिहीबार । सन्

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा