पोखरामा दिनभर आक्रोश बेलुका खुशीयाली (फोटोफिचर) | Khabarhub Khabarhub

पोखरामा दिनभर आक्रोश बेलुका खुशीयाली (फोटोफिचर)



पोखरा– गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाएपछिको सरकार गठनको प्रक्रियामा विपक्षी गठबन्धन बहुमत पुर्‍याएर ढुक्क थियो ।

कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै बहुमत प्रदेश सदस्य उपस्थित भएपछि विपक्षी गठबन्धनका नेता कार्यकर्ता बधाई दिइरहेका थिए । तर शनिवार अन्तिम समयमा गुरुङले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गरेपछि देशैभर खैलाबैला मच्चियो ।

पोखरेलको नेतृत्वमा प्रदेश प्रमुखको निवास अगाडि ३१ सदस्य नै धर्नामा बसे । प्रधानमन्त्री केपी ओलीकै सिको गर्दै षड्यन्त्र गरिएको भन्दै विपक्षी नेताहरु आक्रोशित बने ।

उनीहरुले पोखरेललाई प्रदेश प्रमुख नियुक्त नगरिए अदालत जाने समेत चेतावनी दिए । अन्ततः प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : ४७ बजे

देउवाले भने- अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न खोजेको देखिएन

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

बलिउड स्टार काजोल किन परिन् आलोचनाको भुङ्ग्रोमा ?

काठमाडौं– हालै दिएको एक टिप्पणीका कारण बलिउडकी चर्चित अभिनेत्री काजोल

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास

उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरद्वारा पहल

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थामा उद्योग–व्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले

जुम्ला पुगे चिरीबाबु

जुम्ला– ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्