म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी७ को सम्मेलन स्थलमा प्रदर्शन « Khabarhub

म्यान्मारमा लोकतन्त्र जोगाउन माग गर्दै जी७ को सम्मेलन स्थलमा प्रदर्शन


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको (जी–७) को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् ।

बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो देशमा लोकतन्त्र जोगाउमा माग गर्दै सम्मेलन स्थल नजिक प्रदर्शन गरेका हुन् । सयौँ बर्मेलीहरूले शनिबार प्रदर्शन गरेका हुन् ।

बन्दरगाह नाका फाल्मौथमा भेला भएका प्रदर्शनकारीहरुले म्यान्मारमा तत्काल लोकतन्त्र पुनर्स्थापनाका लागि दवाव दिन पनि जी–७ का नेताहरुलाई आग्रह गरेका थिए । प्लेकार्ड सहित उपस्थित भएका उनीहरुले म्यान्मारको सैनिक शासनका विरुद्धमा पनि आवाज उठाएका थिए ।

प्रदर्शनमा सहभागी एक बर्मेली युवाले भने, “म्यानमारमा भएको सैनिक शासनका विरुद्धमा र लोकतन्त्र पुनर्स्थापनाका लागि बोल्न मात्रै होइन, काम पनि गर्न हामीले जी–७ का नेताहरुको ध्यानाकर्षण गराउन खोजेका हौँ, त्यो अनुसार केही काम हुने अपेक्षा गरेका छौँ ।”

प्रदर्शनमा सहभागीहरु आफ्नो देशमा लोकतन्त्र खोसिएको र तानाशाही शासन व्यवस्था लादिएको भन्दै चिन्तित र आक्रोशित देखिएका थिए ।

म्यान्मारमा गत फेब्रुअरी १ देखि सैनिक शासन लागू भएको छ । सेनाले सरकार तथा दलका नेताहरुलाई नियन्त्रणमा लिएर शासन आफूले चलाएको घोषणा गरेको छ ।

हालै भएको आमनिर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि निर्वाचन गर्नका लागि शासन हातमा लिनु परेको स्पष्ट पारेको छ ।

त्यतिबेलाको निर्वाचन निष्पक्ष नभएकाले अब निष्पक्ष निर्वाचन गराउने सेनाको दाबी छ । त्यसका लागि एक बर्षे सङ्कटकाल समेत घोषणा गरिएको छ ।

सेनाले सत्ता हातमा लिएपछि त्यस विरुद्ध म्यान्मारमा नागरिक आन्दोलन भइरहेको छ भने आन्दोलनका क्रममा अहिलेसम्म ८४० भन्दा बढीको मृत्यु पनि भएको छ । (रासस-एएनआई)

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ९ : १५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा