बहराइनमा अबैधानिक रुपमा कार्यरत नेपालीलाई पनि कोरोना खोप लगाइने « Khabarhub

बहराइनमा अबैधानिक रुपमा कार्यरत नेपालीलाई पनि कोरोना खोप लगाइने


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- बहराइनमा अबैधानिक रुपमा कार्यरत नेपाली श्रमिकहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

त्यहाँस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै बहराइनमा विभिन्न कारणबस अबैधानिक रुपमा काम गरिरहेका नेपाली श्रमिकहरुलाई पनि कोरोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

त्यहाँ कार्यरत नेपालीहरुको स्वाथ्यलाई मध्यनजर विभिन्न तीन स्थानबाट चाँडै खोप उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यसका लागि  अनलाइन दर्ता गर्न अनुरोध गरिएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले सबैलाई आफ्नै नागरिक सरह व्यवहार गरेकोमा बहराइन सरकारलाई धन्यवाद दिँदै त्यहाँ रहेका सबै नेपालीलाई ढुक्क भएर खोप लगाउन पटक पटक आग्रह गर्दै आएका छन् ।

खोप लगाएपछि पनि मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य मापदण्ड पालना गर्न पनि दूतावास आग्रह गरेको छ । बहराइन सरकारले आफ्ना नागरिक सरह नै नेपालीलगायत सबै आप्रवासीलाई खोप उपलब्ध गराईरहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ८ : ४५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि