स्वास्थ्य सामग्री बाँड्न रामचन्द्र पौडेल गृह जिल्लामा « Khabarhub

स्वास्थ्य सामग्री बाँड्न रामचन्द्र पौडेल गृह जिल्लामा


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो गृह जिल्ला तनहुँमा स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

जिल्लाका १० वटै पालिका र लमजुङको मध्यनेपाल नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका हुन् । शनिवार तनहुँको व्यास नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पौडेलले स्वास्थ्य सामग्रीहरु औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरेका छन् ।

कांग्रेस नेता पौडेलले ११ वटा अक्सिजन कन्सिट्रेटर, पीपीई, १ हजार ३ सय ३० थान फेसशिल्ड तथा मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरे छन् ।

जिल्लाका १० पालिकाका साथै दमौली अस्पताल, जीपी कोइराला अस्पताल, बन्दीपुर अस्पताल, पुरनडिही अस्पतालका लागि पनि पौडेलले केही राहत सामग्री हस्तान्तरण गरेका छन् ।

ढिला गरी गृहजिल्लामा स्वास्थ्य सामग्री सहयोग गर्न आएका पौडेलले आफू राष्ट्रिय राजनीतिमा व्यस्त भएको कारण यसअघिको संकटको अवस्थामा आउन नसकेको बताए ।

कोरोना संक्रमणको जोखिमकै बेला लोकतन्त्र नै संकटमा परेको अवस्था हुँदा आफूले राष्ट्रिय राजनीतिमा सक्रिय हुनु परेको भन्दै उनले कार्यकर्तालाई आश्वस्त पार्न खोजेका थिए ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : १२ बजे

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार