अमेरिकाबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्रीको पछिल्लो खेप | Khabarhub Khabarhub

अमेरिकाबाट नेपाल आइपुग्यो स्वास्थ्य सामग्रीको पछिल्लो खेप


५ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाविरुद्ध लड्न अमेरिका सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको पछिल्लो खेप नेपाल आइपुगेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग तथा अमेरिका सरकारले नेपाललाई निरन्तर दिँदै आएको सहयोगको पछिल्लो खेप नेपाल आइपुगेको हो ।

विभिन्न अत्यावश्यक स्वास्थ्य सामाग्री बोकेर क्यालिफोर्नियाको ट्राभिल एयर फोर्स बेसबाट उडेको विमान आज काठमाडौं आइपुगेको हो ।

यो कोरोना महामारी नियन्त्रण तथा जीवन रक्षाका लागि दिइएको यो सहयोगमा पल्स अक्सिमिटर र व्यक्ति संरक्षणका पोशाक तथा उपकरणहरु रहेका छन् ।

अमेरिकाको संघीय आपतकालिन व्यवस्थापन एजेन्सी फेमाले प्रदान गरेको ४ लाख केएन ९५ मास्क र क्यालिफोर्नियाको गभर्नर अफिसले प्रदान गरेको साढे ४ लाख डिस्पोजेबल गाउन समेत यो सहयोगमा समावेश छन् ।

अमेरिकाले नेपाललाई खोप सहयोग गर्ने घोषणा समेत गरिसकेको छ । अमेरिकाले जुनको पहिलो साता नेपालसहित दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका १६ देशलाई ७ मिलियन डोज भ्याक्सिन उपलब्ध गराउने घोषणा गरेको थियो ।

तर यो भ्याक्सिन अमेरिकाले नेपालमा कहिले पठाउने र कति पठाउने भन्ने अझै स्पष्ट भएको छैन ।

तस्वीर : युएसएआईडी

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ९ : ३५ बजे

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल

नवलपरासीमा सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

नवलपरासी – बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ७४६ हेक्टर क्षेत्रफल वन

सौर्यको जहाज दुर्घटनाबारे न्यायिक छानबिनको माग

काठमाडौं – सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग गर्दै पीडित