उद्धार तथा राहत कार्यलाई विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन « Khabarhub

उद्धार तथा राहत कार्यलाई विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री खगराज अधिकारीले प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।

आइतबार सिंहदरबारमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग छलफल गर्दै मन्त्री अधिकारीले प्राकृतिक प्रकोपको जोखिम न्यूनिकरणका साथै छिटो भन्दा छिटो उद्धार र राहत कार्यमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।

मन्त्री अधिकारीले मुलुकको समग्र शान्ति सुरक्षा र कोरोना संक्रमण रोकथाम र उपचारको व्यवस्थापनमा सातै प्रदेशसँग समन्वय गरेर अघि बढ्ने पनि बताएको गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।
बैठकमा मन्त्रालयले शान्ति सुरक्षा र विपत व्यवस्थापन कार्यायोजनाका विषयमा प्रस्तुतिकरण गरेको थियो । बैठकमा सातै प्रदेशबाट आएको सुझावलाई ग्रहण गर्दै संयुक्त रुपमा कार्यान्वयनमा लैजाने सहमति भएको प्रवक्ता दाहालले बताए ।

त्यस्तै बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुले प्रहरी समायोजन र संघीय प्रहरी ऐनलाई जतिसक्दो छिटो अघि बढाउन पनि मन्त्री अधिकारीलाई सुझाव दिएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : ५० बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा