‘भैरव’ को सिक्वेल बनाउँदै निखिल उप्रेती « Khabarhub

‘भैरव’ को सिक्वेल बनाउँदै निखिल उप्रेती


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन स्टार निखिल उप्रेतीले ‘भैरव’ को सिक्वेलका रुपमा चलचित्र ‘आयो भैरव’ निर्माण गर्ने भएका छन् । खबरहबसँगको विशेष कुराकानीमा उनले सो फिल्म निर्माणको योजना रहेको खुलासा गरे ।

निखिल उप्रेतीको फिल्म ‘भैरव’ ले दर्शकबाट राम्रै प्रतिक्रिया बटुलेको थियो । यसैको सिक्वेलमा बन्ने फिल्ममा निखिलकै शीर्ष भूमिका रहनेछ । निखिलले फिल्म ‘भैरव’ मा निभाएको पात्रकै भूमिकामा यो फिल्म निर्माण गर्न लागेको खुलासा गरे । ‘यो फिल्ममा भैरव सरुवा भएर काठमाडौं आएको हुन्छ, फिल्मले वर्तमान राजनीतिक परिवेशलाई कथा बनाउनेछ,’ निखिलले बताए ।

यतिबेला फिल्मको कथामा काम भइरहेको उनले जानकारी दिए । चलचित्रमा अन्य कलाकार को हुने भन्ने भने अझै फाइनल भएको छैन । तर, फिल्मलाई प्राविधिक रुपमा पनि सशक्त बनाउन चाहेको उनले खुलाए । सबै कुरा मिलिसकेपछि मात्र चलचित्रको औपचारिक घोषणा हुने पनि उनले खबरहबलाई जानकारी गराए ।

फिल्ममा निखिलकै लेखन र निर्देशन पनि रहने फाइनल भइसकेको छ । केही प्राविधिक भने बलिउडबाट पनि ल्याउन सकिने उनले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ३ : ०४ बजे

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न