‘भैरव’ को सिक्वेल बनाउँदै निखिल उप्रेती | Khabarhub Khabarhub

‘भैरव’ को सिक्वेल बनाउँदै निखिल उप्रेती


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन स्टार निखिल उप्रेतीले ‘भैरव’ को सिक्वेलका रुपमा चलचित्र ‘आयो भैरव’ निर्माण गर्ने भएका छन् । खबरहबसँगको विशेष कुराकानीमा उनले सो फिल्म निर्माणको योजना रहेको खुलासा गरे ।

निखिल उप्रेतीको फिल्म ‘भैरव’ ले दर्शकबाट राम्रै प्रतिक्रिया बटुलेको थियो । यसैको सिक्वेलमा बन्ने फिल्ममा निखिलकै शीर्ष भूमिका रहनेछ । निखिलले फिल्म ‘भैरव’ मा निभाएको पात्रकै भूमिकामा यो फिल्म निर्माण गर्न लागेको खुलासा गरे । ‘यो फिल्ममा भैरव सरुवा भएर काठमाडौं आएको हुन्छ, फिल्मले वर्तमान राजनीतिक परिवेशलाई कथा बनाउनेछ,’ निखिलले बताए ।

यतिबेला फिल्मको कथामा काम भइरहेको उनले जानकारी दिए । चलचित्रमा अन्य कलाकार को हुने भन्ने भने अझै फाइनल भएको छैन । तर, फिल्मलाई प्राविधिक रुपमा पनि सशक्त बनाउन चाहेको उनले खुलाए । सबै कुरा मिलिसकेपछि मात्र चलचित्रको औपचारिक घोषणा हुने पनि उनले खबरहबलाई जानकारी गराए ।

फिल्ममा निखिलकै लेखन र निर्देशन पनि रहने फाइनल भइसकेको छ । केही प्राविधिक भने बलिउडबाट पनि ल्याउन सकिने उनले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ३ : ०४ बजे

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

काठमाडौं– सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ ।

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास

एजेन्सी – हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

जनकपुरधाम– नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु

पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोकेका विभिन्न