फोरमसँगको एकताप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपा प्रवेश « Khabarhub

फोरमसँगको एकताप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिकी केन्द्रीय सदस्य नेकपा प्रवेश


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय समाजवादी फोरमसँगको एकताप्रति असन्तुष्टि जनाउँदै तत्कालीन नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य सीमा विक नेकपा प्रवेश गरेकी छन् ।

विकलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार पार्टी प्रवेश गराए ।

धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले विकलाई नेकपामा स्वागत गरे ।

नयाँ शक्ति छाडेर नेकपा प्रवेश गरेकी विक राष्ट्रिय जनमुक्ती पार्टीको तर्फ बाट संविधानसभा सदस्य समेत थिइन् ।

विकलाई पार्टीमा स्वागत गर्दै नेकपा अध्यक्ष प्रचण्डले पार्टीको एकता प्रक्रिया एक कदम अगाडि बढेको बताए । साथै विकलाई उपयुक्त जिम्मेवारी दिइने पनि बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ५ : ०३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते