खुमल्टारस्थित नार्क परिसरमा यसरी मनाइयो धान दिवस (फोटोफिचर) « Khabarhub

खुमल्टारस्थित नार्क परिसरमा यसरी मनाइयो धान दिवस (फोटोफिचर)


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मंगलबार मनाइएको छ ।

विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । यसदिन मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही, चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन छ ।

 

यो वर्ष कोरोना महामारीका बीच निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्व: स्फूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित भयो । दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को खुमल्टार, ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी धान दिवस मनाइएको छ ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकु्मार नेम्वाङले सांकेतिकरूपमा धान रोपेका थिए । उनले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गरेका थिए । नेपालको खाद्य र पोषण सुरक्षाका लागि उत्पादनका वृद्धि गर्नै पर्ने उनले बताए । मन्त्री नेम्वाङले प्रविधिको प्रयोग गरे उत्पादनबृद्धिमा जोड दिने धारणा राखे ।

यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ८ : ०१ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका