स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारवाही गर्न चिकित्सक संघको माग « Khabarhub

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारवाही गर्न चिकित्सक संघको माग


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल चिकित्सक संघले दोलखाको तामाकोशी गाउँपालिकास्थित कोभिड – १९ अस्पतालमा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

तामाकोशी गाउँपालिकाको मालुस्थित कोभिड–१९ अस्पतालमा कार्यरत डा. रोबिस कार्की लगायतका स्वास्थ्यकर्मीहरुमाथि हातपात, अभद्र व्यवहार र ज्यान मार्ने धम्कि दिईएको घटनाप्रति संघले ध्यानाकर्षण भएको जनाएको हो ।

‘कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी यसरी हातपात हुनु अझ ज्यान नै लिने भनी अमानवीय व्यवहार प्रदर्शन गर्नु निन्दनीय र क्रूर घटना हो । यसको जति निन्दा गरे पनि कमै हुन्छ ।’ संघका महासचिव डा. बद्री रिजालद्वारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर थुनामा राखी प्रहरीले अनुसन्धान कार्य अगाडि बढाईरहेको संघले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको ऐन २०७८ बमोजिम अनुसन्धान कार्यलाई थप प्रभावकारी र दोषीलाई हदैसम्म कारवाही गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न संघले सम्बन्धित सबैमा माग गरेको छ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : ३९ बजे

‘सहकारीको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष 

काठमाडौं– सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा

एक करोडमा अतिथि गृह निर्माण

पर्वत– समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा रहेको जिल्लाको

सामसङको ‘अपग्रेड टु ग्यालेक्सी’ अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज, बोनस र इएमआई सुविधा

काठमाडौं– सामसङ नेपालले ग्राहकका ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान घोषणा गरेको

आईपीएलमा सर्वाधिक रन बनाएका १५ वर्षीय वैभवले के के रेकर्ड बनाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा देखिएको १५ वर्षीय किशोरको

‘लालीबजार’का केही संवाद हटाउन आदेश

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘लालीबजार’मा समावेश केही संवाद हटाउन उच्च अदालत