एक सातअघि बेपत्ता बुढाथोकी मृत भेटिए « Khabarhub

एक सातअघि बेपत्ता बुढाथोकी मृत भेटिए


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– एक साताअघि बेपत्ता भएका बाग्लुङ गलकोट नगरपालिका वडा नम्बर – ६ कायसका क्षेत्रबहादुर बुढाथोकी मृत भेटिएका छन् ।

असार १० गते विहान उनी घाँस काट्न भनी घरदेखि केही माथि खरबारीतर्फ निस्किएका थिए । बिहान ८ बजेतिर घरबाट निस्किएका उनी दिउँसो १२ बजेसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गर्न थालेको थियो । खरबारीमा घाँस काटेकै ठाउँमा उनले लगेका घाँस बोक्ने नाम्लो, डोरी र प्लाष्टिक भेटिएका थिए ।

परिवारका सदस्यहरुका साथ स्थानीयले पनि दिनभर नै बुढाथोकीको खोजी गरे । स्थानीयले बुढाथोकी बेपत्ता भएको उजुरी गरेपछि प्रहरी टोली पनि खोजी कार्यमा जुट्यो ।

कायसदेखि माथिल्लो क्षेत्र तथा स्थानीय सामुदायिक वनको सबै ठाउँमा खोजी गरिए पनि कहिँकतै नभेटिएपछि प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको थियो ।

असार १० गते बेपत्ता भएका बुढाथोकी ६ दिनपछि मृत अवस्थामा फेला परेका हुन् ।

गलकोट नगरपालिका ६ को घुँडेनी भन्दा केही माथि बुढाथोकीको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोट हरिचौरका प्रहरी निरिक्षक अर्जुन बम मल्लले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असार ११ गते नगर प्रमुख उपप्रमुखसहित प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसन्धानका आयोग बागलुङका प्रमुख सहितको सो ठाउँमा पुगेका थिए । टोलीले खोजी कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : १७ बजे

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र

मुस्ताङको टुकुचेमा कालीगण्डकीले कटान गरेपछि गाउँ पहिरोको जोखिममा

मुस्ताङ– कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँ

बाढीप्रभावित क्षेत्रमा डीएनए नमूना संकलन केन्द्र

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि

‘हिमाली सुनामी’पछि तीनै तहका सरकारबीच समन्वय र सहकार्यमा काम हुँदैछ : भुपदेव शाह

नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं