‘प्रेम गीत ३’ मा प्रदीप खड्का फाइनल ? « Khabarhub

‘प्रेम गीत ३’ मा प्रदीप खड्का फाइनल ?


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षको अन्तिममा रिलिजको घोषणा गरिएको फिल्म ‘प्रेम गीत ३’ मा अझैसम्म कुनै कलाकार फाइनल भएका छैनन् । केही दिनअघि निर्माता सन्तोष सेनले चलचित्रमा नयाँ नायिका लिन लागिएको भन्दै आवेदन आह्वान गरे । तर, फिल्ममा नायकका बारेमा भने केही खुलाइएन ।

‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को सफलताका कारण पनि शुरुदेखि चर्चामा रहेको यो फिल्ममा अभिनेता प्रदीप खड्का नै हुने पक्काजस्तै छ । किनकि, प्रदीपले खबरहबसँगको कुराकानीमा आफूले फिल्म ‘प्रेम गीत ३’ का कारण ‘कबड्डी ३’ मा समय दिन नसकेको बताएका थिए । तर, निर्माण टिमले भने चलचित्रमा प्रदीप खड्का फाइनल नभएको दाबी गरिरहेको छ ।

एकातिर चलचित्रमा यसअघि दुई भागमा देखिएका प्रदीप नहुन सक्ने भनिरहेका बेलामा प्रदीपले भने यो फिल्मको खुबै प्रचार गरेका छन् । उनले फिल्मको लोकेसन खोजीमा पनि समय दिइरहेका छन् । पछिल्लो समय प्रदीप र निर्माता सन्तोष सेनको भेटघाट पनि बाक्लिएको छ । सामाजिक सञ्जालमा पनि प्रदीपले फिल्मको प्रचार बाक्लै गरिरहेका छन् । यसरी हेर्दा लाग्छ, ‘प्रेम गीत ३’ मा पनि प्रदीप खड्काले नै अभिनय गर्नेछन् ।

फिल्म निर्माण टिमले भने प्रदीपलाई अझै नलिएको दाबी गरिरहेको छ । शायद यो दाबी फ्यानलाई ‘सस्पेन्स’ उपहार दिनलाई होला । ‘प्रेम गीत’ का सिरिजमा प्रदीप नै खेल्छन् भन्ने आम दर्शकलाई थाहा छ । यस्तो बेलामा निर्माण टिमले कस्तो उपहार दिन खोजेको हो भन्नेमा दर्शक नै अलमल छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ०० बजे

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ