‘प्रेम गीत ३’ मा प्रदीप खड्का फाइनल ? | Khabarhub Khabarhub

‘प्रेम गीत ३’ मा प्रदीप खड्का फाइनल ?


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षको अन्तिममा रिलिजको घोषणा गरिएको फिल्म ‘प्रेम गीत ३’ मा अझैसम्म कुनै कलाकार फाइनल भएका छैनन् । केही दिनअघि निर्माता सन्तोष सेनले चलचित्रमा नयाँ नायिका लिन लागिएको भन्दै आवेदन आह्वान गरे । तर, फिल्ममा नायकका बारेमा भने केही खुलाइएन ।

‘प्रेम गीत’ र ‘प्रेम गीत २’ को सफलताका कारण पनि शुरुदेखि चर्चामा रहेको यो फिल्ममा अभिनेता प्रदीप खड्का नै हुने पक्काजस्तै छ । किनकि, प्रदीपले खबरहबसँगको कुराकानीमा आफूले फिल्म ‘प्रेम गीत ३’ का कारण ‘कबड्डी ३’ मा समय दिन नसकेको बताएका थिए । तर, निर्माण टिमले भने चलचित्रमा प्रदीप खड्का फाइनल नभएको दाबी गरिरहेको छ ।

एकातिर चलचित्रमा यसअघि दुई भागमा देखिएका प्रदीप नहुन सक्ने भनिरहेका बेलामा प्रदीपले भने यो फिल्मको खुबै प्रचार गरेका छन् । उनले फिल्मको लोकेसन खोजीमा पनि समय दिइरहेका छन् । पछिल्लो समय प्रदीप र निर्माता सन्तोष सेनको भेटघाट पनि बाक्लिएको छ । सामाजिक सञ्जालमा पनि प्रदीपले फिल्मको प्रचार बाक्लै गरिरहेका छन् । यसरी हेर्दा लाग्छ, ‘प्रेम गीत ३’ मा पनि प्रदीप खड्काले नै अभिनय गर्नेछन् ।

फिल्म निर्माण टिमले भने प्रदीपलाई अझै नलिएको दाबी गरिरहेको छ । शायद यो दाबी फ्यानलाई ‘सस्पेन्स’ उपहार दिनलाई होला । ‘प्रेम गीत’ का सिरिजमा प्रदीप नै खेल्छन् भन्ने आम दर्शकलाई थाहा छ । यस्तो बेलामा निर्माण टिमले कस्तो उपहार दिन खोजेको हो भन्नेमा दर्शक नै अलमल छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ०० बजे

हिमाल चढ्ने रहर छ ? सरकारले खुलायो ४ सय ७६ चुचुरा

काठमाडौं – ‘स्काइ डाइभिङ’, ‘बञ्जी जम्प’ ‘जेटस्की’, ‘क्यानोइङ’ आखिर जीवनमा

कलाकारका लागि टिकटकको नयाँ प्लेटफर्म

काठमाडौं- टिकटकले ‘टिकटक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको

सलमानको ‘सिकन्दर’लाई किन दाँजिदै छ १५ वर्ष पुरानो फिल्मसँग ?

काठमाडौं – बलिउड नायक सलमान खानको फिल्म ‘सिकन्दर’ मार्च ३०

मेथी पानी पिउनुका फाइदा यस्ता छन्

काठमाडौं– आयुर्वेद र घरेलु उपचारमा मेथी शताब्दीयौँदेखि प्रयोग हुँदै आएको

अमेरिकासँग वार्ता गर्न इरान तयार

काठमाडौं – इरानले आफ्नो आणविक कार्यक्रमको विषयमा अमेरिकासँग वार्ता गर्न