आजदेखि नियमित भिसा सेवा सुचारु, एक हप्तासम्म शुल्क नलाग्ने | Khabarhub Khabarhub

आजदेखि नियमित भिसा सेवा सुचारु, एक हप्तासम्म शुल्क नलाग्ने


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अध्यागमन विभागले कोरोना महामारीको दोस्रो लहरका कारण स्थगित नियमित भिसा सेवा आजदेखि सुचारू गर्ने भएको छ । विभागले गत जेठ ५ गतेदेखि आकस्मिक बाहेकका अन्य सेवाहरु स्थगित गरेको थियो ।

बिहीबारबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित भएसँगै भिसा सेवा सुचारु गरेको विभागको भनाइ छ । विभागका अनुसार असार २४ गतेसम्मको निःशुल्क भिसा सेवा नियमित गरिने छ ।

साथै, नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने पनि बताइएको छ । असार २४ गतेपछि भने भिसा नियमित गर्न आउनेलाई भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना पनि लाग्ने बताइएको छ ।

निषेधाज्ञा अघि पर्यटक भिसामा नेपालमा १५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेकोमा निषेधाज्ञाका कारण भिसा अवधिको समय बढाइएको छ । अहिले पर्यटकीय भिसामा २१० दिनसम्म बस्न सकिने छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ११ : १५ बजे

जनकपुरधामबाट ८० लाख रुपैयाँ लुटेको आराेपमा दुई जना पक्राउ

जनकपुरधाम– जनकपुरधाममा वित्तीय संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा

गुडिरहेको ट्र्याक्टरबाट खसेर एक महिलाको मृत्यु

हुम्ला – गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा एक महिलाको ज्यान गएको

नाफा बढेसँगै श्रृजनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयर नेटवर्थ कति ?

काठमाडौं – आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८ अंक बढ्दा

अर्थमन्त्री पुनको तर्क- कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रूपमा करका दर हेरफेर

प्रधानमन्त्रीको तर्क- कांग्रेससँग संवादमा छु, संसदमा राष्ट्रपतिले बाेल्न पाउनु हुन्छ

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को