अरनिको राजमार्गअन्तर्गत भक्तपुर सडकखण्डमा ६४ सीसी क्यामरा जडान | Khabarhub Khabarhub

अरनिको राजमार्गअन्तर्गत भक्तपुर सडकखण्डमा ६४ सीसी क्यामरा जडान


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जडिबुटी पुलदेखि काभ्रेसँग सिमाना जोडिएको साँगाचोकसम्मको सडकखण्डमा ६४ सीसी क्यामरा जडान गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानको उद्घाटन गरे ।

सीसी क्यामरा जडान समितिले आयोजना गरेको कार्यक्रममा उनले सडकमा हुने दुर्घटनादेखि अपराध अनुसन्धानलाई सबल बनाउन ठूलो मद्दत पुर्याउने बताए । उनले भने, “भक्तपुर प्रहरीले राम्रो काम गरेको छ, प्रहरी भित्र सुधार आवश्यक छ र भ्रष्टाचार न्यूनीकरणमा प्रहरीले उल्लेखनीय काम गरिरहेको छ ।”

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेसप्रसाद भट्टराईले सडकमा जोडिएका सीसी क्यामराले प्रहरी प्रशासनमा सुक्ष्म अनुसन्धान र शान्ति सुरक्षा कायम गर्नमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष प्रदीप श्रेष्ठले प्रहरी र समाज एकअर्काका परिपूरक रहेको बताउँदै सुरक्षित राजमार्ग बनाउन तथा अपराध न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले समुदायस्तरबाट यस कार्यका लागि ठूलो रकम सङ्कलन गरिएको उल्लेख गर्रे । उनले यस्ता कार्यले भक्तपुरमा शान्तिसुरक्षा कायम राख्न सफल हुने विश्वास व्यक्त गर्दै निर्माण सामग्रीको ढुवानीको समयसीमा बढाएर राति ८ बजेदेखि बिहान ६ बजेसम्म निर्धारण गरिदिन स्थानीय प्रशासनसँग आग्रह गरे ।

समितिका कोषाध्यक्ष नविन प्रजापतिले १३ किलोमिटर सडकमा जडान गरिएका सीसी क्यामराले सयौँ प्रहरीको काम गर्ने बताउँदै सूर्यविनायक नगरपालिकाको रु १० लाख तथा स्थानीय उद्योगी, व्यवसायी, बैङ्कलगायत संस्थाबाट सङ्कलन भएको कूल रु ८० लाख २ हजार १७४ बाट उच्च प्रविधिको ६४ वटा सीसी क्यामरा जडान गरिएको बताए ।

उनले सङ्कलित रकममध्ये सीसी क्यामरालगायत सामग्री खरिदमा रु ५६ लाख ४७ हजार र अन्यमा केही खर्च भएको बताउँदै त्यसबाट बाँकी रहेका रु १८ लाख ७२ हजार समितिको नाममा बैंक खातामा रहेको जानकारी दिए । बाँकी रहेका रकमबाट च्यामासिंह, कमलविनायक बसपार्कलगायत आवश्यक ठाउँमा थप सीसी क्यामरा जडान गरिने पनि उनले जानकारी दिए ।

कार्यक्रममा सीसी क्यामरा जडान गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ४५ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

आज २०८२ साल साउन ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ४ गते आइतबार। साउन

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको