अरनिको राजमार्गअन्तर्गत भक्तपुर सडकखण्डमा ६४ सीसी क्यामरा जडान « Khabarhub

अरनिको राजमार्गअन्तर्गत भक्तपुर सडकखण्डमा ६४ सीसी क्यामरा जडान


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जडिबुटी पुलदेखि काभ्रेसँग सिमाना जोडिएको साँगाचोकसम्मको सडकखण्डमा ६४ सीसी क्यामरा जडान गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा आज आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले सिसि क्यामरा जडानको उद्घाटन गरे ।

सीसी क्यामरा जडान समितिले आयोजना गरेको कार्यक्रममा उनले सडकमा हुने दुर्घटनादेखि अपराध अनुसन्धानलाई सबल बनाउन ठूलो मद्दत पुर्याउने बताए । उनले भने, “भक्तपुर प्रहरीले राम्रो काम गरेको छ, प्रहरी भित्र सुधार आवश्यक छ र भ्रष्टाचार न्यूनीकरणमा प्रहरीले उल्लेखनीय काम गरिरहेको छ ।”

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेसप्रसाद भट्टराईले सडकमा जोडिएका सीसी क्यामराले प्रहरी प्रशासनमा सुक्ष्म अनुसन्धान र शान्ति सुरक्षा कायम गर्नमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष प्रदीप श्रेष्ठले प्रहरी र समाज एकअर्काका परिपूरक रहेको बताउँदै सुरक्षित राजमार्ग बनाउन तथा अपराध न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले समुदायस्तरबाट यस कार्यका लागि ठूलो रकम सङ्कलन गरिएको उल्लेख गर्रे । उनले यस्ता कार्यले भक्तपुरमा शान्तिसुरक्षा कायम राख्न सफल हुने विश्वास व्यक्त गर्दै निर्माण सामग्रीको ढुवानीको समयसीमा बढाएर राति ८ बजेदेखि बिहान ६ बजेसम्म निर्धारण गरिदिन स्थानीय प्रशासनसँग आग्रह गरे ।

समितिका कोषाध्यक्ष नविन प्रजापतिले १३ किलोमिटर सडकमा जडान गरिएका सीसी क्यामराले सयौँ प्रहरीको काम गर्ने बताउँदै सूर्यविनायक नगरपालिकाको रु १० लाख तथा स्थानीय उद्योगी, व्यवसायी, बैङ्कलगायत संस्थाबाट सङ्कलन भएको कूल रु ८० लाख २ हजार १७४ बाट उच्च प्रविधिको ६४ वटा सीसी क्यामरा जडान गरिएको बताए ।

उनले सङ्कलित रकममध्ये सीसी क्यामरालगायत सामग्री खरिदमा रु ५६ लाख ४७ हजार र अन्यमा केही खर्च भएको बताउँदै त्यसबाट बाँकी रहेका रु १८ लाख ७२ हजार समितिको नाममा बैंक खातामा रहेको जानकारी दिए । बाँकी रहेका रकमबाट च्यामासिंह, कमलविनायक बसपार्कलगायत आवश्यक ठाउँमा थप सीसी क्यामरा जडान गरिने पनि उनले जानकारी दिए ।

कार्यक्रममा सीसी क्यामरा जडान गर्न आर्थिक सहयोग गर्ने दाताहरुलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १० : ४५ बजे

रविलाई सांसदबाट निलम्बन गर्न मागसहित सर्वोच्च पुग्यो रिट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद

विश्व बैंकको सहयोगमा निर्माणाधीन सडकमा ४३ प्रतिशत प्रगति

दमौली– विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष पदमा डिल्लीराज आचार्यलाई

तीन ऐन संशोधन गर्न बनेका विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं- सरकारले तीन वटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय

पुरातत्वका पूर्वइन्जिनियरसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा, ६४ करोडको ठेक्कामा सवा ४ करोड घुस

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल