प्रदेश २ को नीति तथा योजना आयोगको सदस्यमा महतो र सिंह नियुक्त « Khabarhub

प्रदेश २ को नीति तथा योजना आयोगको सदस्यमा महतो र सिंह नियुक्त


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले नीति तथा योजना आयोगमा दुई जना सदस्य नियुक्त गरेको छ ।

प्रदेश सरकारले सिरहाको मिर्चैया नगरपालिका २ का डा. बैद्यनाथ महतो र मिथिला नगरपालिका ६ धनुषाका प्रमिला कुमारी सिंहलाई नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको हो ।

नव नियुक्त दुबै सदस्यहरुलाई मुख्यमन्त्री लालबाबु राउतले आजै नियुक्त पत्र हस्तान्तरण गरे ।

मुख्यमन्त्री राउत अध्यक्ष रहेको आयोगमा डा. भोगेन्द्र झा उपाध्यक्ष रहेका छन् । आयोगमा एक महिला सदस्यसहित बढीमा ६ सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य रहनेगरी आठ सदस्य आयोग गठन हुने व्यवस्था रहेको छ ।

आर्थिक वर्ष ०७४÷७५ मा एक उपाध्यक्ष र एक सदस्य नियुक्त भएको थियो । गत आर्थिक वर्ष ०७५÷७६ मा तीन सदस्य थप भई पदेन समेत ७ सदस्यीय आयोग गठन भएको थियो ।

तत्कालीन उपाध्यक्ष रहेको डा. हरिवंश झासहित सबै सदस्यहरुलाई हटाएपछि उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिए पनि सदस्य पद रिक्त थियो ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ८ : ०७ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत