‘दाल भात तरकारी’ को जस/अपजस म लिन्छु: हरिवंश आचार्य « Khabarhub

‘दाल भात तरकारी’ को जस/अपजस म लिन्छु: हरिवंश आचार्य


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र ‘दाल भात तरकारी’ को जस र अपजस आफूले लिएको बताएका छन् । खबरहब टिमसँग बिहीवार गरिएको अन्तक्र्रियामा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।

उनले फिल्म केही लाउड भएको भन्ने दर्शकको प्रतिक्रिया आएको स्वीकार्दै आफूहरुले चलचित्रमा नयाँ प्रयोग गर्न खोजेको उनले खबरहब लाइभमार्फत बताए । ‘फिल्मको कथा मैले लेखेको हुँ, चलचित्रमा विभिन्न प्रतिक्रिया आएका छन्, ती सबै जस र अपजस म आफैले लिन चाहन्छु,’ उनले भने ।

समीक्षात्मक रुपमा चलचित्रको नकारात्मक प्रतिक्रिया आएका थिए भने दर्शकले मिश्रित प्रतिक्रिया दिएका थिए । साथै आचार्यले नेपालमा चलचित्र एक हप्तापछि मात्र समीक्षा गर्न अनुरोध समेत गरे । उनले भने, ‘कमसेकम एक हप्ता समीक्षाका लागि समय दिऔँ, ताकि अर्को फिल्म पनि बनाउन सकियोस् ।’

साथै उनले चलचित्र राम्रो बनेको दावी समेत गरे । उनले चर्चित कलाकारको अथक प्रयासले राम्रो फिल्म बनेको उनको भनाइ थियो । भोलिबाट चलचित्र दोस्रो हप्तामा रिलिज हुँदैछ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : २२ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का