काठमाडौँ- नेकपा एमालेको वार्ता टोलीका सदस्यहरु वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् ।
वार्ता टोलीबीच भएको भनिएको सहमतिको मस्यौदाबारे अहिले नेता नेपाललाई दोस्रो तहका नेताहरुले ब्रिफिङ गरिरहेको जनाइएको छ ।
केही दिनयता लगातार भएको छलफलबारे नेपाललाई उनी पक्षधरहरुले मात्रै ब्रिफिङ गर्दै आएकोमा आज ओली पक्षधर नेताहरु पनि नेता नेपाललाई भेट्न पुगेका हुन् ।
ओली पक्षबाट वार्तामा सहभागी उपमहासचिव बिष्णु पौडेल, शंकर पोखरेल र सुवास नेम्वाङले नेता नेपाललाई आश्वस्त पार्ने प्रयास गरिरहेका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठकले सोमवार साँझसम्म शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिँदै एमालेमा रहन वा गठबन्धन रोज्न नेपाल पक्षधरलाई समयसीमा दिएलगत्तै दुई पक्षबीच अझ धेरै छलफल भएका छन् ।
नेपाल पक्षधर भने पार्टी २०७४ जेठ २ कै अवस्थामा फर्काउनु पर्ने र ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफि माग्नु पर्ने अडानमा छ । ओली पक्षधर भने देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नै एकताको आधार भएको बताउँदै आएको छ ।
प्रतिक्रिया