आर्मीलाई पराजित गर्दै पुलिस च्याम्पियन « Khabarhub

आर्मीलाई पराजित गर्दै पुलिस च्याम्पियन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा भएको खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

बिहीबार भएको फाइनल खेलमा आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । पुलिसले आर्मीलाई २५–१७,२५–१३ र २५–१९ को सेटमा हरायो । उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख ७६ हजार २सय५१ रुपैया नगद प्राप्त गर्‍यो।

प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार प्राप्त गरे । यस्तै पुलिस क्लबका ओपन स्पाइकर कुल बहादुर थापा (हरि) उत्कृष्ट खेलाडी बन्दै १५ हजार प्राप्त गरे ।

यस्तै, उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए ।  यस्तै, उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट चुनिए । उत्कृष्ट खेलाडीहरुले जनही ७–७ हजार नगद प्राप्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : ४३ बजे

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी

दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार

बागमती – हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले